बझाङमा एक वर्षीया नाबालिकाको हत्या

काठमाडौं । बझाङमा एक वर्षीया नाबालिकाको हत्या भएको छ । जिल्लाको सुर्मा गाउँपालिका–१ नउलाकी एक वर्षीया बालिका गीता साउँदको हत्या भएको हो ।जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार हत्या आरोपमा ३२ वर्षीय प्रेमबहादुर बोहरालाई पक्राउ गरिएको छ । ‘बोहराले नाबालिकाको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन्,’ उनले भने, ‘प्रेमबहादुर ती नाबालिकाका सौतेनी बुवा हुन् ।’
उनका अनुसार बोहराले मनकली साउँदलाई विवाह गरेर ०८१ भदौ २२ गते ल्याएका थिए । गीता भने मनकलीले बोहरासँग विवाह गर्नुअघि अछामको मंगलसेन नगरपालिका–३ का प्रेम साउँदसँग विवाह गरेकी थिइन् । गीता मनकली र प्रेम साउँदकी छोरी हुन् ।
प्रहरीका अनुसार मनकला र हत्या आरोपी बोहराबीच ०८१ मङ्सिर २ गते विवाद भएको थियो । विवादकै क्रममा बोहराले नाबालिकाको घाँटी थिचेर हत्या गरेका हुन् । घटनाबारे प्रहरीलाई भने ३ गते साँझ मात्रै जानकारी प्राप्त भएको प्रहरी निरीक्षक ठगुन्नाले बताए । अहिले सात दिनको म्याद थप गरेर बोहरामाथि अनुसन्धान भइरहेको उनले बताए ।
%2520(39)_AA3tyF7LuP_ry7lakpzeuxcin8ht6jzvo5jqtdvza1wos2mu4x8frvk4ejz4xnpo4ipi3ib_PjwcU2oSVW_mrtxal0s91khiffrq178uvyb3lbend27wlf4zcs5gytyw6hfyr8g1l8yx3nu.jpg)
बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो
%2520(11)_0qAZOgBlSP_jnhymf7xxxab2bskge4tanyxos8qfph0amx131atffgcfgkw0abwi5eemcdk_YHPs9xjZ40_os9zle2y7sww5iz9c2aa5e89xjdp73elzu8wl1as32ocenk4a5gbzfuoakdc.jpeg)
रिंकु सदायको मृत्यु प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ
_hWWQivfRwH_6kn9bpego3ib5axozyhopet79lqmuvlmhewr9f2muediivigflbcf8msn8cw_b4eem6kUbI_mp8v4tg5nla9w2xoeqobarfvygcz2pfkm7bfxdfcogt0jo2wgr74rsqpjckq.jpg)
डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा समातिए

भक्तपुरबाट गएको २९ जना सवार तिर्थयात्राको गाडी नौविसेमा दुर्घटना, १ जना मृ…
_JLA7YIblwZ_pycsbnp8tonkkvhcxpe2fs6te19nqqvmx0qnmder8hbajis2hhomenujr1oq_90QWX2DGgI_k2xrgguun1h0g3n9rby2lxhu09siweql59eynr01paxn5ajahdu12ifrixiw.png)
डेढ किलो गाँजासहित तीन जना पक्राउ

तनहुँमा एकाबिहानै मोटरसाइकल दुर्घटना :आमा–छोराको मृत्यु
ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
_f3wI6sXaIo_g2whv4hibhsr0fugqz8qxuqd8gnyjsly0mqqwx8utzd9c0vegmzbwotnxq2f_wxG4OC9BxE_tu4xphesqvqppilrij5klnsdwqx0d7db1wexwhcww0xnusoinbllxf662zil.jpg)
प्रतिक्रिया