दार्चुला जिप दुर्घटना: मृतकको संख्या ८ पुग्यो, ४ जना घाइते

काठमाडौं । दार्चुलाको शैल्यशिखर– ५ लेकगाउँका विरेन्द्र रावलको परिवार मालिकार्जुन जात्रा हेर्न हिजो(बिहीबार)त्यसतर्फ गएको थियो ।३० वर्षका विरेन्द्र, उनकी पत्नी २८ वर्षीया शान्ती रावल र ८ वर्षका छोरा सन्जिव रावल । हिजो रातिसम्म मेला हेरेर बिहान उनीहरु म १ ज ३३८ नम्बरको जिप चढेर घर फर्किरहेका थिए । तर, शैल्यशिखर नगरपालिका –६ को बकजेबलामा उनीहरु सवार जिप दुर्घटनामा पर्याे । दुर्घटनामा विरेन्द्र दम्पतिसहित ८ जनाको मृत्यु भएको छ । तर, उनका छोरा भने घाइते भएर उपचाररत छन् ।
विरेन्द्रले १० वर्षअघि कञ्चनपुरको एसके इन्सिच्यूटबाट अमिन पास गरेका थिए । त्यसपछि अहिले उनी शैल्यशिखर गाउँपालिकामा कार्यरत थिए ।शुक्रबार बिहान भएको जिप दुर्घटनामा शैल्यशिखर नगरपालिका ९ नकतडका ४५ वर्षीय दिलिप बिष्ट, सोही ठाउँकी ४० वर्षीया मीना लेखक, बैतडीको डिलाशैनी गाउँपालिका–५ नगराउँका १६ वर्षीय सुजीब बोहरा, डिलाशैनी –५ कै ५० वर्षीया विरेन्द्र बोहरा, भारतको उत्तर प्रदेश बिजनर जिल्लाको मुवारक बस्ने ४५ वर्षीय महोम्मद शाकिर र उत्तर प्रदेशकै मेजावट बस्ने १८ वबर्षीय मोहम्मद ओसिलको पनि मृत्यु भएका छ ।दुर्घटनामा परेर रावल दम्पतिका छोरा सन्जिव रावलसहित जिप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका –८ पस्तीका ३० वर्षीय सुनिल जोशी, बैतडीको डिलाशैनी गाउँपालिका–५ का २८ बर्षीय उत्तम रोकाया, प्रकाश रावल र भारतको पिलभित जिल्ला मारुडण्डा बस्ने १७ वर्षीय सोहिन शाह रहेका छन् ।
दुर्घटनामा घाइते भएका जिप चालक सुनिल जोशीसहित डिलासैनी ४ बैतडीका उत्तम रोकाया, सुनिलदत्त जोशी र सन्जीव रावललाई हेलिकोप्टरमार्फत उपचारका लागि कैलालीको धनगढी ल्याइएको छ । उनीहरूकाे धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेकाे छ ।जिप तीन सय मिटर तल भीरमा खसेर रुखमा अड्किएको छ । मालिकार्जुन जात्राबाट गोकुलेश्वर गइरहेको जिपमा सबै तिर्थालु सवार थिए ।
%2520(39)_AA3tyF7LuP_ry7lakpzeuxcin8ht6jzvo5jqtdvza1wos2mu4x8frvk4ejz4xnpo4ipi3ib_ARm2YoHzGD_fdzwftcqzfk5i4unua0eywjffgj3runbligpb7vefwuvtdcv6y9c4yw8si50.jpg)
बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो
%2520(11)_0qAZOgBlSP_jnhymf7xxxab2bskge4tanyxos8qfph0amx131atffgcfgkw0abwi5eemcdk_2o87DFbB8q_zdfyu7fdojyldhioezlwnuxmqvxfwh7dokvtzeove3yvx8wcwt7bmw0jrhoh.jpeg)
रिंकु सदायको मृत्यु प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ
_hWWQivfRwH_6kn9bpego3ib5axozyhopet79lqmuvlmhewr9f2muediivigflbcf8msn8cw_FK0rAdtb3u_vqbqdjzfalqkevjrza5spc5f9j60rzavdkggivvlij5sv2spmlmio773urqh.jpg)
डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा समातिए

भक्तपुरबाट गएको २९ जना सवार तिर्थयात्राको गाडी नौविसेमा दुर्घटना, १ जना मृ…
_JLA7YIblwZ_pycsbnp8tonkkvhcxpe2fs6te19nqqvmx0qnmder8hbajis2hhomenujr1oq_30uM6oSvrl_ghk95pkpnvfwlzepuxhajlkglma75ofnz698myacpnag1cncszf26vqxbgsx.png)
डेढ किलो गाँजासहित तीन जना पक्राउ

तनहुँमा एकाबिहानै मोटरसाइकल दुर्घटना :आमा–छोराको मृत्यु
ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
_f3wI6sXaIo_g2whv4hibhsr0fugqz8qxuqd8gnyjsly0mqqwx8utzd9c0vegmzbwotnxq2f_oFzq5fJpvt_shmgepv93xhuqgzl2ikg9kh0bla0lr1kzrleloxhbxmzidk2o93ci2tjihbl.jpg)
प्रतिक्रिया