पूर्वमन्त्री दीपक मनाङे डिल्लीबजार कारागार चलान

काठमाडौं
गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् ।
ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै फरार रहेका मनाङे आज बिहान सानोभर्याङस्थित कम्फर्ट हाउजिङबाट पक्राउ परेका थिए । मनाङेलाई पक्राउ गरेसँगै सिआईबी कार्यालय लगिएको थियो ।
त्यसपछि सिआईबीले अदालतमा पेश गरेसँगै कारागार चलान गरिएको हो ।
मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको थियो ।
उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।
मनाङे यसअघि भुक्तान गरिसकेको ३१ महिना २९ दिन सजाय कट्टा गरेर अब २ वर्ष ४ महिना १ दिन कारागारमा बस्नुपर्ने बताइएको छ ।
पूर्वमन्त्रीसमेत रहेका मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_KU73KdpSC7_hksuue8oy10q0i6jlokmwxtfmfryxgtnxhgfrgecqnnge6adbxkkv7mosl5n.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_xN8aXs2RYL_6nodml7jxlxwq7iwgxyjnxzplioduzmdt2ed5lburbyfp0jciperk1puc2jf.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_uryu3EzDGI_0o1snovuoc197lkdpyaqspijp149pecrdz0dzoenathjivrps2nsqzmjerbx.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_ysxlw7utWR_o6vcdz20r8zsfazllh4wrjeuiktvpknprgm7ddtgw6r52fejak6ycmqxdksz.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_l3AvEtrYng_bbclz9uv1utbs2j2komlidnmywodcmospqvgmh5aq1gvppuwuvass8v4mpgp.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_ku5rGadHJl_vznfksjkr4xkut41rscklvcfzbopmdljlrc2zxrpihgkqqjhebbhwgjnzjlc.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_3829nN1Pma_qy8tktgu9ywe8yzi5lhlsxi8bmpriibkbfllmkid3ftw6bx6hxjxyaev8mbz.jpg)
प्रतिक्रिया