सिट बाँडफाँटका लागि गठबन्धन शीर्ष नेताको बैठक दिउँसो ४ बजे बस्दै

Gathabandha_1

काठमाडौं । सत्ता गठबन्धनको निर्णायक भनिएको बैठक आज (शनिबार) दिउसो ३ बजे बस्ने भएको छ । हिजो बस्ने भनिएको बैठक आजका लागि सारिएको हो ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको व्यस्तताका कारण बैठक स्थगित भएको बताइएको छ ।

सीट बाँडफाँटका लागि गठन भएको कार्यदलले गठबन्धनका शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाइसकेका छ । बैठकबाट शीर्ष नेताले सिट बाँडफाँट गरी टुंगो लगाउने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित