नविल बैंकले २४ अर्ब कालो धन भित्राएपछि हंगामा , राष्ट्र बैंककै मिलेमतो !

nabilkalo

 काठमाडौं। चौधरी समुहको स्वामित्व रहेको नविल बैंकमा अबैध रकम भित्रिने गरेको हालैको एक घटनाले देखाएको छ।

 एक खातावालाको खातामा २३ अर्बभन्दा बढी रकम आश्चर्यजनक तरिकाबाट जम्मा भएपछि यस्तो खुलाशा भएको हो । ती ग्राहकले आफ्नो खातामा उक्त रकम आएको थाहा पाएपछि तुरुन्त पैसा फिर्ता लैजान भन्दै बैंकका कर्मचारीलाई फोन गरेर रकम फिर्ता गराएका छन् ।

 जल तथा वातावरण विज्ञ डा. सन्तोष नेपालको खातामा मंगलबार २३ अर्ब भन्दा बढी रकम जम्मा भएपछि उनले हैरानी खेप्नु परेको छ । ‘आज नविल बैंकको मेरो खातामा २३ अरब ७५ करोड ९६ लाख ३३ हजार ७ सय छयाहत्तर रुपैयाँ छैसठ्ठी पैसा आएको थियो,’ नेपालले भने,‘यत्रो पैसा चाहिँदैन तिम्रो अरब पैसा तिमी नै लैजाउ बरु मेरो खातामा भएको केही हजार रकम फिर्ता देउ भनेको थिएँ । आधा घण्टा भइसक्यो यो नविल बैंकको भाइले समस्या समाधान गर्न सकेको छैन । विदेशबाट पैसा आएको हो सर भन्छन् । बल्ल बल्ल १ घण्टा फोनमा कुरा गरेपछि २३ अर्ब रुपैयाँ फिर्ता गर्न सफल भयौँ । आफ्नो खातामा भएको केही हजार रुपैयाँ पनि फिर्ता भयो बल्ल निन्द्रा लाग्यो ।’
गत वर्ष अर्को बैंक एनआइसि एसियामा स्विफ्ट ह्याक मार्फत ४६ करोड रुपैयाँ चोरी भएको थियो ।

 तर, नविल बैंकमा भने विदेशबाट पैसा आएकाले कालो धन आएको आशंका बढेको छ । नबिल बैंकमा कालो धन आउने गरेको यसअघि पनि खुलाशा भएको थियो । केही ग्राहकको पैसा नै गायव हुने र कसैको खातामा हुँदै नभएको रकम जम्मा हुने गरेको खुलाशा भएको थियो ।

 विदेशबाट आउने कालो धनलाई कर्मचारीले व्यवस्थापन गर्न नसक्दा बैंकमा खाता खोल्ने सर्वसाधरणको खातामा जम्मा हुने गरेको पाइएको छ । यसैको प्रमाणको रुपमा सन्तोषलाई लिन सकिन्छ । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह आएपछि यस्ता घटना बढ्न थालेको छ ।
स्रोतका अनुसार बैंककै सेटिङमा ग्राहकको खातामा कालोधन ल्याउने र पैसा ट्रान्सफर गर्ने धन्दा नै नविल बैंकमा चलिरहेको छ । तर, नियामक निकाय राष्ट्र बैंक बेखबर जस्तै बनिरहेको छ ।

 (दियो पोस्टबाट) 

प्रतिक्रिया

सम्बन्धित