बेल्लिज क्यासिनोमा ८ करोड डुबेपछि आत्महत्या , प्रहरीकै सेटिङमा नेपालीलाई क्यासिनोमा प्रवेश

bellija

 काठमाडौं । पर्यटन विभागले अनुममति नदिए पनि सर्वोच्चको अन्तरिम आदेशले सञ्चालनमा आएको बेल्लिज नेपाल क्यासिनोले बिगत एक बर्षदेखि नेपालीलाई लुट्दै आएको प्रमाण फेला परेको छ ।

नेपाली नागरिकलाई  भारतीय नक्कली कार्ड बनाई बेल्लिज  क्यासिनोले नेपालीलाई लुट्ने गरेको हो  ।बेल्लिज क्यासिनोले बिषेश गरी भारतीय मुलका तर नेपाली नागरिकता लिएका ठूलो रकमको जुवा खेल्ने व्यापारीलाई जुवा खेलाउँदै आएको अहिले थाहा भएको हो ।

 बेल्लिजले जुवा खेलाउने मात्र होईन सेटिङ मिलाएर क्यासिनोको ग्राहकलाई लुट्ने गरेको समेत स्रोत बताउँछ । क्यासिनोका मालिक बाबा उर्फ ज्ञानेन्द्र श्रेष्ठ कुनै ताकाका आफैं नामुद जुवाडेका रुपमा चिनिन्थे । क्यासिनो स्रांगिलामा चिटिङ गरेको पत्तो लगोपछि बाबाको लागि नेपालका क्यासिनोमा प्रवेशमा रोक लागेपनि सिंगापुर र श्रीलंका पुगेका बर्षदेखि क्यासिनो बेल्लिज आफैले सञ्चालनमा ल्याएका छन् ।

 उनको क्यासिनोमा हार्नै पर्ने नियम रहेको र कोहीले जुवामा जिते चिटिङ गरेर जितेको भन्दै बाबाले पैसा नदिने गरेको स्रोत बताउँछ । गत साता सिक्कीमबाट आएका लाक्पा शेर्पाले जितेको ४० लाख रकम अहिले चिटिङ गरेर जितेको भन्दै बाबा प्रहरीमा धाउन थालेका छन् ।

 उक्त गेम खेलाउने डिलर एक महिलालाई समेत उनले नियोजित तरिकाले कामबाट निस्कासन गरेर आफू निकट काठमाडौं परिसरका प्रहरीको मिलोमतोमा टर्चर दिने गरेको पीडितले बताएका छन् ।  परिसरका एसएसपी बसन्त लामाको निर्देशनमा ति महिलालाई प्रहरीले बोलाएर बयान लिएर छाडेको स्रोत वताउंछ। 

 नेपालका केही घुस्याहा प्रहरी र भ्रष्टाचारी नेताको आर्शिवाद पाएपछि बाबाले अहिले बेल्लिज  क्यासिनोको नाममा अबैध धन्दा गर्न थालेको स्रोत बताउँछ । पटक–पटक गरेर एक नेपाली व्यापारीले क्यासिनो बेलिजमा ८ करोड रुपैयाँ हारेपछि गत सात उनले आत्महत्या गरेका छन् ।

 सिफलमा बस्ने र न्यूरोडमा कपडा पसल गर्दै आएका मनोजकुमार तिर्खाले आफ्नै घरमा झुण्डीएर आत्महत्या गरेका हुन् । उनले आत्महत्या गर्नुको प्रमूख कारण क्यासिनो बेल्लिज  भएको उनलाई नजिकबाट चिन्हेहरू बताउँछन् । क्यासिनोले उनलाई भिआइपी खेलाडीको रुपमा राखेको थियो । उनलाई भिआईपी कार्ड नंम्बर ६९२ दिईएको थियो । क्यासिनो स्रोतका अनुसार उनलाई क्यासिनोले चिटिङ गरेर लुटेको थियो ।
आत्महत्या पश्चात प्रहरीको अनुसन्धानबाट उनलाई लिन पु-याउन क्यासिनोको गाडी घरमै आउन जाने गरेको खुलीसकेको छ । उनले बोकेको मोबाईल नम्बरको कल रेकर्ड लिस्ट हेर्ने हो भने पनि बिभिन्न प्रलोभनमा क्यासिनो बेल्लिज ले उनलाई जुवा खेल्न बोलाउने गरेको खुलेको छ ।

 पछिल्लो समय बिना अनुममति  राजधानीका अधिकांश क्यासिनोले अबैध रुपमा अनलाईन जुवा समेत खेलाउन थालेका छन् ।

 पर्यटन विभागबाट क्यासिनो सञ्चालनको अनुमति नै नपाएको क्यासिनोलाई सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले ठूलै रकमको चलखेल पछि अन्तिरम आदेश दिएका थिए । जोशीका परिवालाई पटक–पटक श्रीलंका घुम्ने, बस्ने खानेको व्यवस्था समेत बाबाले गर्दै आएका थिए ।

 त्यति मात्र नभए गत बर्ष सम्पर्ण जोशीको छोरीको बिवाहको सम्पूण खर्चसमेत बाबाले व्यवस्थापन गरेको न्यायलय स्रोत बताउँछ ।
काठमाडौँको होटल मल्लमा क्यासिनो सञ्चालनका लागि पर्यटन विभागमा निवेदन दिएको बेल्लिज  नेपालको रिटमा जोशीको एकल इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेश जारी गरेका थिए ।
सरकारले क्यासिनो सञ्चालनका लागि ०७० साउन १ गते क्यासिनो नियमावली बनाएको थियो । उक्त नियमावलीको नियम ३ मा क्यासिनो सञ्चालन गर्न इजाजतपत्र लिनुपर्ने र नियम ४ मा इजाजतपत्र लिनुअघि प्रचलित कानुन बमोजिम कम्पनी सञ्चालन हुनुपर्ने उल्लेख छ ।

 तर जोशीले यो सबै नियम पुरा नभएको देख्दा देख्दै अन्तिरिम आदेश दिएका थिए ।
बेल्लिजले मल्लसँग सरकारलाई बुझाउने रकम आफैँले तिरेर क्यासिनो सञ्चालन गर्ने सम्झौता गरेपनि आज सम्म रकम भने चुक्ता गरेको छैन ।

 (जनप्रहार साप्ताहिक )

 

प्रतिक्रिया

सम्बन्धित