एकै पटक दर्जन भन्दा बढी एनसेल टावरमा विस्फोट, लाभकर नतिरे कडा कारवाहीको चेतावनी

kavre 1

    काठमाडौं । ७० अर्ब भन्दा बढि लाभकर तिर्न आनाकानी गरिरहेको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलका एक दर्जन भन्दा बढि टावरमा बम विस्फोट र आगजनी भएको छ । गएराती नख्खुस्थित मुख्य कार्यालयमा कुकर बम विस्फोट गरेलगत्तै देशका दर्जन बढी जिल्लामा आक्रमण भएको हो ।

यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पनि एनसेल टावरमा आक्रमण गरेको थियो । अहिले पनि सोही शैलीमा आक्रमण भएको प्रहरकिो भनाई छ । प्रहरीले पनि विप्लव नेतृत्वको माओवादीले नै बम विस्फोट गराएको आशंका गरेको छ । यद्यपी घटना भएका विभिन्न स्थानमा भेटिएको जय जनता नामको पर्चामा कारवाहीलाई सांकेतिक भन्दै यथासिघ्र कर नतिरे कडाभन्दा कडा कारवाहीमा जान वाध्य हुने उल्लेख गरिएको छ। तर, विप्लव माओवादीले भने अहिलेसम्म घटनाको जिम्मेवारी लिएको छैन ।

रुपन्देही
रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ३ सूर्यपुरास्थित एनसेलको टावरमा आगजनी गरिएको छ । अपरिचित व्यक्तिले बोरामा आगो सल्काएर टावरमा आगजनी गरेको रुपन्देही प्रहरीले जनाएको छ । आगजनीले टावरका तार जलेर नष्ट भएका छन् ।
रौतहटमा पनि

रौतहट
रौतहटको चन्द्रपुर नगरपालिकास्थित गैडाटारमा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको छ ।

पोखरामा
शुक्रबार राति करिब १० बजे पोखरा महानगरपालिका–२७ चन्द्रकालिका डाँडाँको नाकस्थित एनसेलको टावरमा आगजनी भएको छ । प्रहरी कार्यालय सिस्वाका अनुसार डाडाँमा रहेकाले दम्कमल आउँदा आउँदै टावर जलेर नष्ट भएको हो ।

काभ्रे
काठमाडौं नजिकैको काभ्रेमा पनि एनसेलको टावरमा आगजनी गरिएको छ । काभ्रेको कोसीपारीस्थित भुम्लु गाउँपालिका सल्ले भुम्लु डाँडामा रहेको एनसेलको बिटिएस टावरमा पनि आगजनी भएको छ । आगजनीका कारण टावरमा पूर्ण रुपमा क्षती पुगेको छ ।

बागलुङ
शुक्रबार राति नै बागलुङका विभिन्न स्थानमा रहेकाा एनसेलका टावरमा आगगजनी भएको छ । बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण भएको हो ।

kavre

नवलपरासी
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ७ अम्रसामा एनसेलको टावरमा आगजनी गरिएको छ । शुक्रबार राति नौ बजेतिर एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ । नवलपुर प्रहरीका अनुसार आगजनीबाट एनसेलको टावरमा क्षति पुगेको छ । स्थानीयका अनुसार सुरुमा विस्फोट गराएर आगो लगाइएको हो ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीमा रहेको एनसेलको टावरमा आगजनी गरिएको छ। शुक्रबार राति गरिएको आगजनीबाट टावरका तार र मिटरबक्स जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगजनी कसले गरेको हो भन्ने विषयमा केही खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्ण ओझाले बताए।

आछाम
अछामको ढकारी गाउँपालिका–३ मा रहेको एनसेल टावरमा शुक्रबार राति आगजनी गरिएको छ। आगजनीबाट एनसेलको मोबाइल सेवा अवरुद्ध भएको छ। शुक्रबार मध्यराति गरिएको आगजनीबाट साढे दुई मिटर जति तार जलेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

नुवाकोट
विदुर नगरपालिका–२ महामण्डलमा रहेको एनसेल टावरमा शुक्रबार राति आगजनी गरेको छ । ३÷४ जनाको समूहमा आएका व्यक्तिले टावर घेरेर राखेको गेटमा ताल्चा फुटाएर मोबिल छेर्केर आगो साढे १० बजे आगो लगाएको स्थानीयवासीले बताएका छन् । आधा घन्टापछि आगो नियन्त्रणमा आएको थियो ।

आगजनी गरिएका अधिकांश स्थानमा जय जनता लेखिएको पर्चा पनि फेला परेका छन् । पर्चामा ७२ अर्ब कर नतिरेको, सर्वोच्च अदालतको फैसला पनि उल्लंघन गरेको कुरा लेखिएको छ। अहिले सांकेतिक कारवाही गरिएको र यसलाई बेवास्ता गरिए कडा कारवाहीमा जान बाध्य हुने पर्चामा लेखिएको छ।

पर्चाको अन्तिममा वैज्ञानिक समाजवाद जिन्दावाद, कर छलुवा एनसेल मुर्दावाद भन्दै जय जनताका नाममा हस्ताक्षर पनि गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित