एनसेलबाट ६१ अर्ब कर असुल गर्न अर्थमन्त्रीले चाले नयाँ कदम

ncellkar

 काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लाभकर छलीबारे नयाँ कदम चाल्ने वताएका छन् । अर्थमन्त्री डा. खतिवडाले एनसेलको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गरेर कर असुुल्ने बताएका हुन । डीडीएपछि एनसेलको शेयर खरिद बिक्री तथा सम्पत्ति र दायित्वको एकिन मूल्यांकन भई असुलीमा सघाउ पुग्ने देखिएकोे छ ।

 एनसेल बिक्रीको समयमा कर असुल्न नसक्दा देशलाई ठूलो घाटा लागेको वताउँदै अर्थ मन्त्रीले अहिले पनि उसले तिर्नुपर्ने कर तिर्ने पर्ने बताएका हुन् । पछिल्लो समय एनसेल स्वीडेनको टेलिसोनेरिया कम्पनीले खरिद गरेको छ ।

अर्थ समितिको मंगलबारको बैठकमा उति बेला कर नअसुल्दा एनसेलले उन्मुक्ति एको हो’, उनले भने ‘कति कर तिर्नुपर्ने हो यकिन गर्न डीडीए गराउन लागेका छौं ।’ त्यसपछि एनसेलको असली विवरण थाहा हुन्छ ।’ एनसेलसँग सरकारले करिब ६१ अर्ब कर असुल गर्नुपर्नेमा जम्मा २३ अर्ब जतिमात्र असुल गरेको छ ।

 कार्यालयले २०७२ साल चैत २९ गते अघिको डीडीए गराउन लागेको हो । एनसेल खरिद बिक्रि प्रकरणमा करिब ६१ अर्ब रुपैंयाँ पुँजीगत लाभकर छलिएको ठूला करदाता कार्यालयको ठम्याई रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित