रजनी फाउडेसनद्वारा छात्रबृत्ति प्रदान

rajani

  काठमाडौं । रजनी सचेतना नेपाल फाउण्डेसनले दुई जना उत्कृष्ठ बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । रजनी सचेतना नेपाल फाउण्डेसनका प्रमुख संरक्षक एबम् समाजसेवी लिलाबाहादुर थापाले शनिबार टोखामा आयोजित विशेष समारोहमा टोखा नगरपालिका वार्ड नं ८ स्थित तिलिंगटार उच्च माविको कक्षा १० मा अध्ययनरत दुई उत्कृष्ट छात्राहरु मीना बयलकोटी र सुस्मिता थापालाई छात्रबृत्ति प्रदान गरेका हुन् ।

दुई बिद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप नगर ५/५ हजार रुपैयाँ छात्रबृत्ति प्रदान गरिएको रजनी सचेतना नेपाल फाउण्डेसनका अध्यक्ष रजनी थापाले बताईन् ।  सो समारोहमा नेतृत्व तथा व्यक्तित्व विकाश तालिम तथा पुरस्कार वितरण र निःशुल्क दन्त परिक्षण कार्यक्रम समेत सम्पन्न भएको थियो ।

रजनी सचेतना नेपाल फाउण्डेसनका अध्यक्ष रजनी थापाले संस्थाको भाबी कार्यदीशा तथा कार्यक्रमहरुले सीपमुलुक नेपाली समाज निर्माण र सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गरेको बताईन् । २६ बर्षिय रजनी थापा २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसकोतर्फबाट टोखा नगरपालिकामा उपप्रमुखकी प्रत्यासी थिइन् ।

उनले आफ्नो जीवनको एउटा मात्रै उदेश्य समाजलाई विकसित र शसक्त बनाउने हो भन्दै राजनीतिको माध्यमबाट होस वा पेशा र व्यवसायबाट आफूलाई जतिसुकै कठिन र समस्या परे पनि दिन दुखी, निमुखा र असहाय नागरिकलाई सेवामा समर्पण गर्ने बताइन् ।

कार्यक्रममा विशिष्ट अतिथि प्रतिनिधि शभा सदस्य भिमसेन दास प्रधानले फाउन्डेसनले छोटो समयमा सामाजिक क्षेत्रमा गरेको कार्य उल्लेखनीय रहेको बताए । उनले फाउन्डेसनको सिपमुलक नेपाली समाज निर्माण र सामाजिक रुपान्तरणको उद्देश्य प्राप्तिमा आफ्नो पूर्ण सहयोग रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित