ट्रम्प र किम बीच औपचारिक वार्ता, के आउला परिणाम ?

kimtramp

 एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच औपचारिक वार्ता सुरु भएको छ । सिंगापुरस्थित सेन्तासा आइल्याण्डस्थित एक होटलमा वार्ता सुरु भएको हो ।
कोरियाली प्रायद्वीपमा तनाव अन्त्य गर्ने उद्देश्यका भएको शिखर बैठकका लागि विश्व प्रतिक्षामा रहेको थियो ।

 हालसम्म कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग भेटवार्ता गरेका थिएनन् । यो पहिलो घटना हो । स्थानीय समय अनुसार विहान ९ बजेबाट सुरु वार्ताका लागि उनी पहिले वार्तास्थल पुगेका थिए । त्यसपछि ट्रम्प वार्तास्थल पुगे ।

ट्रम्पले निकै अपेक्षा राखिएको वार्ता शान्ति प्राप्तिका लागि एक पटकको अवसर भएको बताएका छन् । शिखर वार्ताले गत वर्ष आरोपप्रत्यारोप र एकअर्कालाई चेतावनी दिने गरेका दुई नेतामा आएको नाटकीय परिवर्तनलाई इंगित गर्दछ । वाशिङटनको विश्वास छ शिखर बैठकले एउटा प्रक्रियाको शुरूवात गर्नेछ जुन प्रक्रियाले अन्ततः कोरियाली प्रायद्वीपलाई निश्शस्त्रीकरणतर्फ डो-याउनेछ ।
उत्तर कोरियाले निस्शस्त्रीकरणका लागि आफू इच्छुक रहेको जनाएको छ । तर त्यो कसरी हासिल हुने अथवा त्यसको बदलामा उसले के खोज्नेछ त्यो स्पष्ट भइसकेको छैन । बैठकस्थल क्षेत्रमा सशस्त्र प्रहरीसहित बाक्लो सुरक्षा व्यवस्था मिलाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित