महिला तथा किशोरीहरूमा हूने हिंसा र चेलिबेटी बेचबिखनबिरुद्ध माइती नेपाल र एनआरएनए जापानले सहकार्य गर्ने

टोकियो ।
गैरआवासीय नेपाली संघ जापानले महिला तथा किशोरीहरूमा हूने हिंसा र चेलिबेटी बेचबिखन बिरुद्ध माइती नेपालसंग सहकार्य गर्ने भएको छ ।
गैरआवासीय नेपाली संघ एनआरएनए जापानले महिला तथा किशोरीहरूमा हूने हिंसा विरूद्ध नयाँ अभियान शुरू गरेसँगै त्यस्ता हिंसाको जोखिम न्युनिकरणका लागि काम गर्ने भएको हो । परम्परागत मूल्य मान्यताका आधारमा गरिने हिंसाका कारण महिलाहरू बढी पीडित बन्ने गरेका छन् । आर्थिक, सामाजिक, राजनीतिक, नागरिक तथा साँस्कृतिक लगायत मानवअधिकारका आधारभूत अधिकारहरूबाट महिलाहरू वन्चित रहदै आएका कारण पनि दिनानुदिन महिला हिंसा,चेलिबेटी बेचबिखन, जवर्जस्ती करणी तथा हत्या जस्ता जघन्य अपराध बढिरहेको र पिडित पक्षले न्याय पाउन नसकेको अवस्थाको बोध गर्दै पिडितको न्यायको पक्षमा लड्नको लागि अभियान शुरू गरिएको एनआरएनए जापानले जनाएको छ ।
सहकार्य हस्ताक्षर कार्यक्रममा माईती नेपालकी अध्यक्ष एनआरएनए जापानको नयाँ अभियानले हिंसा प्रभावितहरूले उपचार तथा कानूनी कार्यमा दरिलो साथ पाउने बताईन् । आधुनिक विज्ञानको विकाशसँगै नयाँ पुस्तामा आएको सचेनताका कारण नेपालमा महिला तथा किशोरीहरुमा हुने गरेका यौनहिंसा जवर्जस्ती करणी र हत्या जस्ता जघन्य अपराधका बिरूद्ध कानूनी उपचारसंगै आर्थिक तथा भौतिक र नैतिक सहयोग जुटाउने उद्देश्यले शुरू भएको एनआरएनए जापानको उक्त अभियानमा अक्षयकोष लगायतको व्यवस्थापकीय जिम्मेवारी माइती नेपालले गर्ने भएको छ ।
एनआरएनए जापानका अध्यक्ष टासी वाङदी लामाले नेपालमा हुने गरेका महिला तथा बालबालिकाहरू माथी हुने महिला हिंसा, जवर्जस्ती करणी, हत्या जस्ता कूकार्यको विरूद्ध कुनै पनि अवस्थामा आर्थिक ,सामाजिक तथा नैतिक साथ र सहयोग गर्न विश्वभरि रहेका नेपालीहरू एकजुट भएर साथ दिनु पर्ने बताए । उनले सामाजिक संजालमा रेस्पेक्ट एण्ड राईज मोवाइल एप्स मार्फत विश्वको सब नेपालीले यस अभियानलाई सहयोग गर्न सकिने बताए ।
उक्त अभियानका लागि एनआरएनए जापानले तत्काल पाँच लाख रूपैयाँको अक्षयकोष स्थापनाबाट शुरू गरेको छ ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_aFFmnVOsO0_p7urebguyv8vtaayb94ixn62dyswnuj5vpisiwduxafqnujerkcqayxmu6cm.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया