लिटिल वडका विद्यार्थीको मार्मिक र सन्देशमुलक प्रस्तुतिहरूले खिच्यो अभिभावकको ध्यान
_9B5oxfNfgJ_z949evufblggfowa0qrbusigwe0urgogjeuabuqpqerdd8zovjjprkfysjlw_vQK8Zq5ize_dbxotpcdppgtwjuoxffdpa8qdbzsrk0kbvuwfs8cyd8xnizsj7xn0syvrrgc.jpeg)
काठमाडौं ।
काठमाडौंको जोरपाटीस्थित अत्तरखेलमा अवस्थित लिटिल वड सेकेन्डरी स्कुलले आफ्नो २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८१ मनाएको छ । स्कुलले शनिबार औपचारिक र विभिन्न सांस्कृति कार्यक्रम आयोजना गरी विद्यालय प्राङ्गणमै २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष पदमध्वज कार्कीको सभापतित्व र गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव तथा अभिभावक दिवस विशेष कार्यक्रम आयोजना गरिएको विद्यालयका निर्देशक नारद खड्काले जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामा, प्याब्सन काठमाडौंका जिल्ला अध्यक्ष नवराज भट्ट र वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा विशेष अतिथिका रूपमा सहभागी थिए ।
यस्तै, राष्ट्रिय संस्थागत विद्यालय संघ (निसान) अध्यक्ष सौर्यनाथ आचार्य र महासचिव नवराज सापकोटा, नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ का अध्यक्ष एवम् विद्यालयका अभिभावक ज्ञानबहादुर तामाङ, गोकर्णेश्वर नगरपालिका–८ का सदस्य तथा विद्यालयका अभिभावक सुमन लामा लगायत धेरै बिद्यालयका प्रधानाध्यापकहरू र स्थानीय टोलका महिला समाजका अध्यक्षहरू अथितीको रूपमा सहभागी भएका थिए ।
विद्यालयका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक÷शिक्षिका र कर्मचारीहरूको उपस्थिति रहेको भव्य समारोहमा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूले नेपालको सांस्कृति विविधता झल्काउँदै मनोरञ्जन र मार्मिक सन्देशहरूले भरिएका ३८ वटा प्रस्तुति दिएका थिए ।
विद्यार्थीहरूको कतिपय भावुक र मर्मस्पर्शी प्रस्तुतिबाट अभिभावकहरूको आँखा रसाएका देखिन्थे भने अन्य सन्देशमुलक र कतिपय मनोरञ्जनात्मक प्रस्तुतिबाट ओठमा हाँसो देखिन्थ्यो । साथै, शिक्षक÷शिक्षिकाको तर्फबाट विशेष नृत्यका साथै तीन वटा औपचारिक प्रस्तुति पनि समारोहमा प्रस्तुत गरिएको विद्यालयकी भाइस प्रिन्सिपल शर्मिला महर्जनले जानकारी दिइन् ।
विद्यालयका बालबालिका स्वयम्ले बजाएको पियानिका, झ्याली, मादल र क्याजियमको धुनसँगै राष्ट्रिय गान र मङ्गलधुनसहितको दीप प्रज्ज्वलनबाट सुरू गरिएको समारोहमा विद्यालयका निर्देशक नारद खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने विद्यालयका विद्यार्थीहरूबाट स्वागत गीत, मन्तव्य र नृत्य प्रस्तुत गरिएको थियो । यस्तै, विद्यालयका प्रिन्सिपल अरुण कुमार कँडेलले धन्यवाद मन्तव्य दिएका थिए भने अध्यक्ष पदमध्वज कार्कीले औपचारिक कार्यक्रमको समापन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि दीपक कुमार रिसाललगायत अतिथिहरूले विद्यालयको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सहभागि अतिथिहरूलाई विद्यालयका अध्यक्ष कार्कीले मायाको चिनोस्वरूप उपहार प्रदान गरे भने विद्यालयमा कार्यरत ४९ जना शिक्षक÷शिक्षिका र कर्मचारीलाई खादा र मालाले सम्मान गरिएको थियो ।
८५० भन्दा बढि अभिभावकको उपस्थिति रहेको कार्यक्रमलाई लाइफ ओके टेलिभिजन र विद्यालयको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । कार्यक्रमको मुख्य सञ्चालनको भूमिका भाइस प्रिन्सिपल शर्मिला महर्जनले गरेकी थिइन् ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_ciDotkaKx4_4hayxlnpah3byqijgxyt8dvhxd51hqqgeoctjclbqseowyxxqi4iijcidyrd.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_vtCynTek0T_xld442gvgfh6zurzhwlw3qjrig4ifhc3fsxkiarq8lu0zv7qu4okonopc7e3.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_LndVwBXvGq_csvzhmcdyenpaakwlfo6jxmajntwtzljglkvij1omt5d6dz8satfmmydyos3.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_pNSQct9xMk_1j3pc0ghyz0ald6fyrzzj1y0ijepach5awdjbqmx5cztpiwcqk3rzne2f7yo.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_FvUAO8tePQ_qi77oqhqe8ik6165n0wr8kbkxrhdyhisurpxofb4vjfffqe5cf0f0hy26sfj.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_T8uP8Id5YW_kenfldkkoutfpvnvi611rmkstxhpqlmtflr69agbhwe8wvv3a4jccip07x3x.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_s9Tlfa9k0b_w5xxdwiufnauvxmk92xjxfqy8k18vz7y2vbyvlddhqtombhhqfyzvwf37ej0.jpg)
प्रतिक्रिया