हिमाल एकेडेमीको २१ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

भक्तपुर,
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा ७ गुण्डूमा रहेको हिमाल एकेडेमी स्कुलले २१ औँ वार्षिकोत्सव कार्यक्रम भब्याका साथ सम्पन्न गरेको छ । बागमति प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय किरण थापाको प्रमुख आतिथ्यमा एकेडेमी स्कुलले २१ औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न गरेको हो ।
२०८० को एसईईमा ४ जिपिए ल्याउन सफल विद्यालय हिमाल एकेडेमी स्कुलको प्रसंशा गर्दै प्रमुख अतिथि मन्त्री थापाले ४ जिपिए ल्याउने विपिना मिश्रलाई सम्मान पत्र प्रदान गर्नु भएको थियो भने स्कुलका संचालक प्रिन्सिपल प्रदिप थापाले विद्यालयको तर्फबाट विपिना मिश्रलाई रु २५,००० प्रदान गर्नु भएको थियो । प्रमुख अतिथि मन्त्री थापाले आफू स्वास्थ्य मन्त्री भए पश्चात बागमति प्रदेशका जनताको लागि सेवा सुविधा स्तरोन्नति गर्न लागि परेको बताउनु भयो । साथै उहाँले हिमाल एकेडेमीले यस क्षेत्रमा दिएको शैक्षिक योगदानको कदर गर्नु पर्ने बताउनु भयो ।
विद्यार्थीहरुको विभिन्न प्रतिभा प्रस्तुत गरिएको वार्षिकोत्सव कार्यक्रममा अतिथि जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापाले विद्यालयले पढाईसँघै सीप समेत जोडेर लैजानु पर्ने कुरामा जोड दिनु भयो ।
त्यस्तै सूर्यविनायक नगरपालिका वडा ७का अध्यक्ष, सामाजिक विकास समिति संयोजक एवं प्रवक्ता रविन्द्र सापकोटाले विद्यालयको प्रगतिमा खुलेर प्रसंशा गरी हिमाल एकेडेमीले यस नगरपालिकामा संस्थागत विद्यालयको रुपमा अब्बल सावित गर्न सफल भएकोमा धन्यवाद प्रदान गर्नु भएको थियो। अध्यक्ष सापकोटाले जिपिए ४ ल्याउने विद्यार्थी विपिना मिश्र लगाएत सबैमा शुभकामना व्यक्त गर्नु भएको थियो ।
प्याव्सन भक्तपुरका अध्यक्ष राजन कस्पाल, समाजसेवी तथा बरिष्ठ चलचित्र निर्देशक मदन घिमिरे, कान्तिपुर पत्रिकाको सहायक सम्पादक राजेन्द्र बस्नेत, नेपाल पुस्तक व्यवसायी संघ भक्तपुरका उपाध्यक्ष महेश थापा, नमस्ते ख्वप्प टेलिभिजनका ऋषिकेश श्रेष्ठ लगाएतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
विद्यालयको प्रगति एवं भावी योजना प्रस्तुत गर्दै प्रिन्सिपल प्रदिप थापाले २०७२ को भुकम्प तथा २०७७/२०७८ को कोभिड १९ को परिस्थितिमा समेत अभिभावकहरुले दिनु भएको साथ र सहयोग प्रति आभार प्रकट गर्नु भएको थियो । हिमाल एकेडेमी स्कुलका सल्लाहकार संजय खड्काले गुणस्तरीय शिक्षाको खोजीमा गुण्डू भन्दा बाहिर जानु नपर्ने बताउँदै हिमाल एकेडेमी नै रोज्न अभिभावक र विद्यार्थीहरुलाई उत्प्रेरित गर्नु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकृष्ण थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एसईई व्याच २०७६ देखि २०८० सम्मका १४६ जनालाई सम्मान एवं मायाको चिनो प्रदान गरिएको साथै हिमाल एकेडेमी स्कुलमा विविध विधामा वर्ष उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको जानकारी विद्यालयकी संयोजक प्रतिक्षा केसी थापाले बताउनु भयो
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_ciDotkaKx4_4hayxlnpah3byqijgxyt8dvhxd51hqqgeoctjclbqseowyxxqi4iijcidyrd.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_vtCynTek0T_xld442gvgfh6zurzhwlw3qjrig4ifhc3fsxkiarq8lu0zv7qu4okonopc7e3.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_Bw11mHDZUM_ds6k3tmwjtx0j4odly7bzehev1yhde84vsprpp2mfm5vd20cllfxbklyzgdw.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_pNSQct9xMk_1j3pc0ghyz0ald6fyrzzj1y0ijepach5awdjbqmx5cztpiwcqk3rzne2f7yo.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_NzxrrzpiJ2_t8cdvg6zlt0ckhoilivht7tmdea2rt1jqb6uo4pdmv1q9hqlek1txiw3oloj.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_T8uP8Id5YW_kenfldkkoutfpvnvi611rmkstxhpqlmtflr69agbhwe8wvv3a4jccip07x3x.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_s9Tlfa9k0b_w5xxdwiufnauvxmk92xjxfqy8k18vz7y2vbyvlddhqtombhhqfyzvwf37ej0.jpg)
प्रतिक्रिया