साहित्यका प्रथम सहिदको सालिक बन्यो, पार्क बनाउन रकम अभाव
%2520(8)_9bCxmiy1bu_5yxpatvstjlhfqnzqozf7bohklu2nhdibjfezgggeucxrfzu5fihtcw0gior_KAH9eVcZQi_nlja2huaeesa1upjoj60faos3euz7wa29lrvhg23zmhs7chkizrzrexfkob4.jpeg)
रामेछाप ।
नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अधिकारीको जन्मस्थल रामेछापको मन्थली नगरपालिका–२ कठजोरमा सालिक स्थापना भएको छ । कृष्णलालको स्मृतिमा पार्क निर्माण गर्ने योजना अनुसार वडा कार्यालयले नगरपालिका समेतको सहकार्यमा सालिक स्थापना गरेको हो ।
कठजोर चौरमा कृष्णलालको सालिक राखिएको भए पनि बजेट अभावको कारण पार्कको बाँकी काम अघि बढ्न सकेको छैन । पार्क निर्माणको लागि ग्याभिन उठाउने काम भएको भएपनि त्यसलाई पुर्ने, सम्याउने तथा अन्य सजावटका काम हुन सकेका छैनन् । ‘जम्मा सालिक राखियो, अरू काम गर्न सकिएको छैन, बजेट नहुँदा बाँकी काम रोकिएको छ, स्रोत खोज्ने काम भइरहेको छ’, वडा सदस्य चित्रशंकर अधिकारीले भने ।
जिल्ला सदरमुकाम मन्थलीबाट ४५ मिनेटको दुरीमा रहेको अधिकारीको जन्मस्थल कठजोरसम्म पुग्ने सडक पिच हुने क्रम सुरु भएको छ । मन्थली नगरपालिकाले सो सडकको नाम सुब्बा कृष्णलाल राजमार्ग राख्ने निर्णय समेत गरेको छ । सडक पिच भएपछि मन्थलीबाट आधा घण्टामा कठजोर पुग्न सकिन्छ । जसले गर्दा कठजोर साहित्यिक पर्यटकीय स्थल बन्न सक्छ ।
सुब्बा कृष्णलाल राष्ट्रको गहना भएकाले उनको स्मृतिमा स्थानीय स्तरबाट सुरु गरिएको काममा केन्द्र र प्रदेश सरकारले पनि सघाउनु पर्ने धारणा मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र कार्कीको छ । यस विषयमा दुवै तहका सरकारमा पहल भइरहेको उनले बताए ।
कृष्णलाल राष्ट्रका गहना भएकाले स्थानीय सरकाले उनको सम्मानमा सुरु गरेको काममा प्रदेश र केन्द्र सरकारले सघाउनुपर्ने वागमती प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठको भनाइ छ । यसको लागि प्रदेश र केन्द्र सरकारका निकायमा आफूले पहल गर्ने उनले बताए । रामेछापको कठजोरमा विसं १९४४ माघ २४ गते जन्मिएका नेपालका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीले राणा कालमा कौशील अड्डामा सुब्बाको जागिरे भएकै बेला मकैको खेती नामक पुस्तक लेखे बापत राणाहरूले हतकडी र नेलकडी सहित कारागारमा राखेका थिए । उनको कारागारमा नै निधन भएको थियो ।
लक्ष्मणराज अधिकारी र इन्द्रकुमारी अधिकारीका माहिला छोरा कृष्णलालले १९७७ मा सो पुस्तक लेखेका थिए । ६० पेजका उक्त पुस्तक नक्साल भगवती नजिकै पशुपति छापाखानामा एक हजार प्रति छापिएको थियो ।
पुस्तकको भूमिकामा कृष्णलालले उल्लेख गरेको मकै खाने रातो टाउको र कालो टाउको भएको कीरामा राणालाई व्यङ्ग्य गरिएको भन्दै कसैले पोल लगाइदिएपछि अधिकारीलाई जेल हालिएको थियो । त्यतिबेला चन्द्र शमशेरले रातो र भीम शमशेरले कालो फ्रेस क्याप (टोपी) लगाउने गर्दथे । रातो टाउके र सेतो टाउके भनेर उनीहरूलाई व्यङ्ग्य गरिएको पोल लगाइएको थियो ।
सोही कुरा पत्याएर विसं १९७७ साउन ११ अधिकारीलाई पक्राउ गरी सबै किताब जफत गरिएको थियो । छापिएका मध्ये एक प्रति किताब फेला नपरेपछि किताब लुकाएको भन्दै अधिकारीलाई ९ वर्ष जेल सजाय सुनाइएको थियो । जस मध्ये ५ वर्ष को सजाय हराएको एक प्रति किताबको लागि तोकिएको थियो । जेलमा नै रहेको बेला अधिकारीलाई क्षय रोग लाग्यो र १९८० मा निधन भयो । जेलमा निधन भएकोले अधिकारीलाई प्रथम साहित्यिक सहिद भनिएको हो ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_mEqezuveTq_ta4gyioxte2t0stuempg4dcji7azwripxaou26mpnalmk6blzim2ahurl5li.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_wT3ZeijR8d_y5st78sjpmnrk5izianqfxhtn83agefhnduhakqno76auifyoavqwc4wpzeb.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_nEKvDjUqg9_yqwumukco2iqr1ll5ggnvepydmbhpt0flbmkt0xg6yk4s1fdko1hrlaknrst.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_n7ahxAC03x_xxhnwksa2sazdhv5u4tc6f8e1wpkk8fslsjjhdztr4yevhqxmsabkpapf7k1.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_GzBitURQSz_gve3ancdfv7hauna5zcbwfe7vza4b2mo1wte2iqysaa0cbooq2wyuh8lsxmn.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_eVrZD3TEG7_pb911ppc6yahkjqev9p2vh3fv4gwfy6qf74y9qtdjyoppaads9vuk3fsvk07.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_76apNc2hrC_dlbehbm62cpkc5cr0ivsuesjgu8susvm6zic4dmuv6dylkpvt2gpktlpyirz.jpg)
प्रतिक्रिया