सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

भक्तपुर ,
सहिद सप्ताहको अवसरमा नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएल नेपाल बागमती प्रदेश समिति द्वारा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। रोयल नेपाल फुटसल, मध्यपुर ठिमी २, दिव्यश्वरी टाउन प्लानिङ मा सम्पन्न भएको प्रतियोगितामा वाइसिएल नेपाल बागमती प्रदेश समिति , नेकपा (माओवादी केन्द्र) युवा नेताहरू , अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समिति, अखिल (क्रान्तिकारी) बागमती प्रदेश समिति गरि चार टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेता अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समिति बनेको छ भने उपविजेता नेकपा (माओवादी केन्द्र) युवा नेताहरू बने। फाइनल खेलमा अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले ४-१ को अन्तरले युवा नेताहरूको टिमलाई पराजित गरेको थियो।
कर्णाली प्रदेशका संस्थापक मुख्यमन्त्री एबम् संघीय संसद महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता युवा नेताहरूको टिमबाट रामप्रसाद सापकोटा (दिपशिखा) ले खेलको १६औं मिनेटमा गोल गरे भने रन्जित तामाङले १ गोल गरे। वाइसिएल नेपाल टिमबाट ललित श्रेष्ठले खेल सुरु भएको ६औं मिनेटमा १ गोल गरेका थिए।
कार्यक्रमका नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश समिति सह-इन्चार्ज एवं फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा (दिपशिखा) , नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्यहरु रमेश मल्ल, शिव कोइराला , सुमन देबकोटा,रन्जित तामाङ वाइसिएल नेपाल केन्द्रीय अध्यक्ष सुबोध श्रीपाली , केन्द्रीय उपाध्यक्षहरु महासचिब सहित पदाधिकारी , बागमती प्रदेश ईन्चाज सह(ईन्चार्जहरु काठमाडौ जिल्ला ईन्चार्ज भक्तपुर जिल्ला ईन्चार्ज लगाएत १३ वटा जिल्लाको ईन्चाज संयोजनहरुको उपस्थिती रहेको बागमती प्रदेश अध्यक्ष साजन अधिकारीले बताए ।
कार्यक्रमको समापनका क्रममा विजेता तथा उपविजेताहरूलाई पुरस्कार वितरण गर्दै अतिथिहरूले युवाहरूलाई खेलकुद र नेतृत्व विकासमा सक्रिय रूपमा लाग्न प्रेरित गरेका थिए।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_ol1xQGeISQ_ekhviuxepgt4ychebe3mycddrlm41lbyxmlhbhqe383ewbgtehnqtgipwk2d.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_i77WsANkmg_g95p9lkolcmcx02pm2urbqjjwx559bdtdx4j8woegbnb6dlrqcrqmv2ovmba.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_UgunsZ6EQV_mtdymmykrscosbmwgm0hohbvcgh19enshfjqdgqe5ysuz1gihba7ahdkjhgi.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_mbYJBz4jQd_cx8okdgja6wd8pjwws2o6ggiqrdukctkvk1be5yy7hks9k5vkvftg8nyodb9.jpg)
सभापति कपको फाइनल आज, उपाधिका लागि सङ्कटा र बागमती भिड्दै
_oJ3bYrw9Vb_hcatfhdpmu61fxulpkr1ehaabo9yw7uhfmzeusatl5eq8pmam46a0xos5cnu_DkvM7Pue6g_vn4vqjdb76j7duikcfe0g36gkxu2xvvnkvqcptiniydsgl1e5zq9yzhfiujl.jpg)
प्रतिक्रिया