पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय हो : राष्ट्रपति
_OsYWj8FEd5_cu7sna3kx8yi7yb1ybibyuzgcwuug23oynuxpn1sfgr1nzuzpgh3vsczudma_JzYMn8xlmj_50axmxx2319tcpsklyo9caeidskbrlt9gwapypp1cvthteidigdauuhzeyqm.jpg)
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दूका लागि पनि गौरवको विषय भएको बताएका छन् । राष्ट्रपति पौडेलले महाशिवरात्रि पर्व, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको कामना गरेका छन् ।
‘वैदिक परम्परामा शिवलाई मूलतःः संहारका शक्ति मानिएको भए तापनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित छन्, जसले प्रकृतिको सृजनात्मक एवं संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गर्दछन्’, उनले भने, ‘सौम्य शक्तिले मानव चेतनामा असल पक्षको बोध गराइ त्यसलाई मात्र ग्रहण गर्न उत्प्रेरित गर्ने भएकाले नै ‘सत्यं शिवं सुन्दरम्’ प्राचीन लोकोक्तिका रूपमा छ । महाशिवरात्रिको यस पावन अवसरमा हामीले पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाहरूको यथोचित संरक्षण एवं संवद्र्धन गर्न प्रण गर्नुपर्छ, हामीले पाएका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्ता समक्ष हस्तान्तरण गर्नु हाम्रो दायित्व हो । काठमाडौं उपत्यकाको जलाधारका रूपमा रहेको बागमती नदीलाई स्वच्छ र सफा राख्नु हामी सबैको दायित्व हो ।’
उनले नेपालका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिबिम्बित भएको उल्लेख गर्दै आराध्यदेव श्री पशुपतिनाथ एवं किराँतेश्वर महादेवलाई साक्षात् शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुहरूका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको उल्लेख गरेका छन् ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_ciDotkaKx4_4hayxlnpah3byqijgxyt8dvhxd51hqqgeoctjclbqseowyxxqi4iijcidyrd.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_vtCynTek0T_xld442gvgfh6zurzhwlw3qjrig4ifhc3fsxkiarq8lu0zv7qu4okonopc7e3.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_Bw11mHDZUM_ds6k3tmwjtx0j4odly7bzehev1yhde84vsprpp2mfm5vd20cllfxbklyzgdw.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_pNSQct9xMk_1j3pc0ghyz0ald6fyrzzj1y0ijepach5awdjbqmx5cztpiwcqk3rzne2f7yo.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_NzxrrzpiJ2_t8cdvg6zlt0ckhoilivht7tmdea2rt1jqb6uo4pdmv1q9hqlek1txiw3oloj.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_T8uP8Id5YW_kenfldkkoutfpvnvi611rmkstxhpqlmtflr69agbhwe8wvv3a4jccip07x3x.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_s9Tlfa9k0b_w5xxdwiufnauvxmk92xjxfqy8k18vz7y2vbyvlddhqtombhhqfyzvwf37ej0.jpg)
प्रतिक्रिया