विश्वमै अति दुर्लभ मानिएको बैकाल गैरी चरा नागदहमा भेटियो

काठमाडौं ।
विश्वमै अति दुर्लभ मानिएको हाँस प्रजातिका बैकाल गैरी चरा ललितपुरको नागदहमा फेला परेको छ । केही दिनअघि उक्त चरा नेपाल आएको हो । प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयूसीएन)ले समेत खतरामा रहेको अर्थात रातो सूचीमा राखेको हाँस प्रजातिको बैकाल गैरी चरा नागदहमा फेला परेको हो ।
साइबेरियाको दक्षिण–पूर्वी क्षेत्रमा बस्ने गरेको बैकाल गैरी जाडो छल्न भारत हुँदै बसाई नेपाल आइपुगेको चराविज्ञ सुर्दशन कार्कीले जानकारी दिए । उनका अनुसार पूर्वी साइबेरियाको बैकाल भन्ने लेकमा यी चराहरु बस्ने भएका कारण यसको नाम बैकाल गैरी रहेको हो ।
उनले भने, ‘यसको नाम बैकाल रहनुको कारण के हो भने साइबेरियाको बैकाल लेक अर्थात ताल क्षेत्रमा मात्र पाइने गर्छ । जुन झण्डै ६ सय किलोमिटर भन्दा लामो ताल हो । क्षेत्रफल पनि धेरै ठूलो छ । ३५ हजार स्क्वाएर किलोमिटर छ । संसारकै सबैभन्दा गहिरो ताल पनि हो । ताल झण्डै १७ सय मिटर गहिराइमा छ ।’
यी चराहरु जाडो महिनामा जाडो छल्न पूर्वतिर बसाई सर्ने गरेको पनि उनले जानकारी दिए । उनले गत पुस १४ गते दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमान स्थलमा दुर्घट्नामा परी एक सय ७९ जना व्यक्तिहरुको मृत्यु भएको घट्नामा यही बैकाल चराको संलग्नता रहेको बताए । यीनिहरु बथानमा उड्ने हुँदा उक्त विमानमा छोएको पुष्टि भइसकेको कार्कीले जानकारी गराए ।
उनले भने, ‘जाडो महिनामा जाडो छल्न पूर्वतिर बसाई सर्छ । जस्तै कोरिया, साउथ कोरिया जस्ता देशमा पुग्छ । कोरियामा २०२४ डिसेम्बर २९ मा भएको विमान दुर्घट्ना एक सय ७९ जना व्यक्तिहरुको मृत्यु भयो । त्यसबेला पाइलटलाई केही मिनेट अगाडि टावरले चराको क्रियाकलाप रहेको खबर गरिसकेको थियो । यी चराहरु ठूलो बथान लिएर उड्छन् । विमान दुर्घटनाको कारण पनि यिनै चराहरुले छोएर भएको भन्ने अध्ययनले देखाएको थियो ।’
उनले बैकाल काठमाडौंमा २० वर्षमा दोस्रो पटक देखिएको भनियता पनि आफूले पहिलो पटक देखेको उनी बताउँछन् । ‘काठमाडौंमा २० वर्षमा दोस्रो पटक देखिएको भन्ने छ । तर मैले चाँही काठमाडौंम पहिलो पटक देखेको हुँ,’ उनले भने त्यस्तै, बैकाल चरा फेला परेपछि फोटोग्राफरहरुको भीड लाग्ने गरेको र नागदह थप प्रसिद्ध भएको उनले बताए ।
हाँस प्रजातिको बैकालको बथानमा नै उड्ने विशेषता रहेको भन्दै साउथ कोरियामा १० हजारको बथान रेकर्ड भएको उनले जानकारी दिए । यसको वैज्ञानिक नाम ‘अनास फोमोसा फोरमोसा’ भएको पनि उनले जानकारी दिए । ‘यो हाँस प्रजातिको हो । यहाँ एउटा मात्र आइपुगेको छ । तर बथान नै उड्ने गर्छन् । जस्तै साउथ कोरियामा १० हजारको बथान उडेको रेकर्ड छ,’ उनले भने ।
२०११ सम्म बैकाल कम भइसक्यो भन्ने गरेको भएतापनि अहिले पूर्वतिर केही मात्रामा देखिरहेको कार्की बताउँछन् । फेब्रुअरी ११ अर्थात माघ ३० गते उक्त चरा नागदहमा आएको थियो । यसको साथै नागदहमा बैकाल बाहेक अन्य चराहरु पनि जाडो छल्न बसाइ सरेर आएको उनले जानकारी दिए ।
उनले भने, ‘गएको हप्तासम्म यहाँ पाँचवटा मल्हाड अर्थात पानी हाँस थिए । त्यसलाई हरित हाँस पनि भनिन्छ । एउटा पोथी र चार वटा भाले थिए, तर आज छैनन् । यीनिहरु झण्डै महिना दिन जति बसेर गए । अहिले यहाँ फेरोजेनेश हासहरु छन् । कुट, मरुल, मोरह्यान, सिम कुखुरा भन्ने पनि छन् । यी सबै जाडो छल्न नेपाल आएका हुन् ।’
प्रमिला कार्की ÷ नेपाल न्यूज बैंक
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_vWaGpbJLz5_ygdrgrpqkz4dpay21puwxlichh45wsbobcjusgeukqzlflzs8jvvyxkssfqw.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_rMOdnuYihe_3oawcajyxwr68wlvidesqevfmfreppkchihv8wvs4rtbuyofe0fgfjjomcv2.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_bcOs44GDfU_8cpevosgbsxubq6xbhoroy6q4rrclbkxzrdqcswenmegtahk8uw5rrnyihdl.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_94yH4qQisE_2i8ch9ra6rihclwof1sjxztbosjfphxcrr8auy8zei4myc4kfdipk3qtnta8.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_bmZGiohQhp_lphq3ebbkvaaavgy9gksgzfxhnmcmqokdkapyunee2slrzasac6qidz2huqp.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_RWpJ8ba26H_s1vhtd3uumg5lc7ni3mjkjodrnn8ka72ejm8lw1z4dkcpyje8zdexlrfxjm8.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_TCaCtSj12t_umg0rsp0j5zs4b6dm2mmndgbwbkmmqutoqmsnzomw1ei3q60oidnhnhrifzp.jpg)
प्रतिक्रिया