दहचोक पर्यटन वर्ष २०८१ सम्पन्न

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एव् पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठले इन्द्र दह एकीकृत पर्यटन पूर्वाधारको माध्यमबाट चन्द्रागिरिको विकास हुने बताउनु भएको छ । काठमाडौंको चन्द्रागिरि दहचोक–१ मा ८औं ईन्द्रदह पर्यटन उत्सवमा सांसद श्रेष्ठले दहचोक ऐतिहासिक, प्राकृतिक र सास्कृतिक महत्व बोकेको स्थान भएकैले सय गन्तव्य क्षेत्र मध्ये एक भएको उल्लेख गर्नुभयो ।
उहाँले विश्वका सबै पर्यटक र नेपालीहरू एक पटक दहचोक आउने वातावरण बनाउन सके चन्द्रागिरिबासीको आर्यआर्जन र जीवनस्तर सोचेको भन्दा माथी उठ्ने दाबी गर्नुभयो । श्रेष्ठले सबैले सोचेको अनुसार यो क्षेत्रलाई अघि बढाउन कुनै दल विशेष नभनी सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो
कार्यक्रममा नेकपा एमालेका नेता तथा बागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुयालले दहचोकको पर्यटन विकासले समग्र राष्ट्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने उल्लेख गर्नुभयो । उहाँले फागुन ९ गते सधै प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम भए तापनि विशेष कारणले आउन नपाएको जानकारी दिनुभयो । नेता फुँयाले भ्रमण वर्ष १९९८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले समुद्घाटन गर्नुभए देखि नै चन्द्रागिरि–१ दहचोकको विकास र समृद्धि आफुसँगै हिडेको बताउनु भयो ।
यस्तै बागमती प्रदेशका पूर्वमन्त्री केशव पोखरेलले नेपाल एकीकरणको लागि दहचोकको भूमि पनि उत्तिकै महत्वपूर्ण र ऐतिहासिक गन्तब्य भएको उल्लेख गर्नुभयो । उहाँले यही स्थानमा वीर योद्धा काजी कालु पाण्डेको समाधीस्थल भएकोले पनि दहचोकको यो इतिहास जनमानसमा सधै जिवितै रहने बताउनु भयो ।
यसैगरी ईन्द्रदह एकीकृत पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापाले दहचोकको समग्र रूपान्तरणका लागि सबै दल एकसाथ हातेमालो गर्दै अघि बढिरहेको बताउनु भयो । उहाँले चन्द्रागिरि नगरपालिकाले दहचोकको महत्व नबुझ्दा दहचोकबासीको आर्थिकोपार्जनको कमजोर बनेको आरोप लगाउनु भयो ।
ईन्द्रदह एकीकृत पर्यटन विकास समितिले आयोजना गरेको ईन्द्रदह पर्यटन उत्सवमा चन्द्रागिरि नगरपालिकाका उप–प्रमुख बसन्ती श्रेष्ठ, केही वडाका अध्यक्षहरुलगायतको उपस्थिति रहेको थियो ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_65hY8msygn_ov4ci1kw8j8o3e8bwlzfgkyo625xtsr6ogwubcncyp4pwdigl36ofvnpjckz.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_FMWxOD0XRu_48gtwuraucknz4yfrmwylfcihmzkgwdsjmv8edsdn1vvpe9aygm0rtdukfsj.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_i2Lpmm4NW2_vulvorap6xg7paeypbdbzkwspy1xoarpymxosbcqacovpqesvkbc4cesmuni.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_aWHMPv6m4A_timiknvgfpn8bmgavgwjbrt6ddrfxdhfwr4b83rlgs40yjttzkhvhjzukr9m.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_YBppz8g5d4_6trqgksxk5u5r4a5psrpgxcmf6tbloiwbn69rw1d3jibjghexg4vaijcunsg.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_GIo49tDncc_ajpwos5cljauupedny8psac9kpd3lshisbm7jjueswcyyqe338zxlcprhwei.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_7IMWv9o2K4_btrw7la9wg9v1qzazo3z5oyldd8okbvqakysrfw1xhuu1doilgnnzhvmj95f.jpg)
प्रतिक्रिया