३२ हजार ८५१ वर्गमिटर क्षेत्रमा ढुङ्गा छाप्ने लक्ष्यसहित योजना : ५ वटा निर्माण सम्पन्न
%2520(14)_qOSa4NXKLH_twn6sctbbzxl7mjrtjdnj8q34ddrlnfbyv7buh1tcg6ekthkieumqxlagnkj_Oon3PEiU20_gpn4n1l3llpzqrktayjw58kyfwcpzbqi8p7foiogvactnnaielmslgfceebd.jpg)
काठमाडौं ।
काठमाडौं महानगरपालिकाको सार्वजनिक निर्माण विभागले चालु आर्थिक वर्षभित्र ३२ हजार ८५१ वर्गमिटर क्षेत्रफलमा ढुङ्गा विछ््याउने लक्ष्य पूरा गर्न काम गरिरहेको छ ।
सार्वजनिक खरिद प्रक्रियाबाट ७ वटा प्याकेजमा ८ वटा योजना कार्यान्वयन ल्याइएकोमा ५ वटा योजना सम्पन्न भएका छन् ।
सम्पदा क्षेत्रको मौलिकता संरक्षण गर्ने, सहरी सुन्दरता अभिवृद्धि गर्ने, पैदल यात्रीको यात्रा सहज बनाउने उद्देश्यसहित सम्पदा क्षेत्र, पैदल मार्ग, भित्री सडक तथा गल्लीमा ढुङ्गा विछ््याउने काम भइरहेको हो ।
योजनाहरु वडा नं. ६, ८, १२, २१, २६ र २७ गरी ६ वटा वडा र हनुमान ढोका दरबार संरक्षण क्षेत्रमा सञ्चालन भएका हुन् । यसका लागि २९ करोड ४७ लाख ८८ हजार ८५९ रुपैयाँ लागत अनुमान गरिएको थियो । यसलाई सार्वजनिक खरिद प्रक्रियाबाट २८ करोड १४ लाख ९२ हजार ४२७ रुपैयाँमा काम सक्ने गरी निर्माण पक्षसँग सम्झौता गरिएको छ ।
सम्पन्न ५ वटा योजनावाट १० हजार ७२९ वर्गमिटर क्षेत्रमा ढुङ्गा विछ्याइसकिएको छ । यसअन्तर्गत वडा नम्बर ८ को जयवागेश्वरी मार्ग सिफल सेतो ढोकादेखि जयबागेश्वरी चोकसम्मको १ हजार ४८५ वर्गमिटर मार्गको काम सकिएको छ । यसको लागत १ करोड २६ लाख ६० हजार रुपैयाँ हो । वडा नम्बर १२ को ह्युमत खोल्सापाखा, ह्युमतदेखि लगनसम्मको १ हजार ८२५ वर्गमिटर मार्गमा ढुङ्गा विछ्याइसकिएको छ । यसको लागत १ करोड ५४ लाख ६८ हजार ८ सय रुपैयाँ हो ।
वडा नं. २१ को लगन चोकमा २ हजार ९२ वर्गमिटर क्षेत्रको काम सकिएको छ । यसको लागत १ करोड ३६ लाख २९ हजार ७२७ रुपैयाँ हो । वडा नम्बर २६ को कुमारीकृपा मार्गको १ हजार १७ वर्गमिटर क्षेत्र र वडा नम्बर ६ को रामहिटी मार्गमा ५२० वर्गमिटर क्षेत्रको काम सम्पन्न भएको छ । यी दुईवटा सडकलाई एउटै प्याकेजमा काम गरिएको हो । यसको लागत ४४ लाख ८७ हजार ६ सय रुपैयाँ हो । सम्पन्न योजनाका लागि महानगरपालिकाले अहिलेसम्ममा ४ करोड ६२ लाख ४६ हजार ६८७ रुपैयाँ भुक्तानी गरिसकेको छ ।
जमलदेखि असनहुँदै इन्द्रचोकसम्मको ढुङ्गा छाप्ने काममा कमलाछी क्षेत्रमा काम सम्पन्न भएको छ । भोटाहिटी असनहुँदै इन्द्रचोकसम्मको निर्माण कार्य भइरहेको छ।
असनदेखि वीर अस्पताल, महावौद्ध हुँदै चित्तधर मार्ग र हनुमान ढोका दरबार क्षेत्रमा विद्युत भूमिगत गर्ने कार्यसँग समन्वय भइरहेको छ । विजुलीको तार भूमिगत गरेपछि ढुङ्गा विछ्याउने काम सञ्चालन गरिनेछ ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_aejDbkyLo5_6rmldlmlqymaw1xia3od1271jrlsthcxfzsuizpq7uej0svpuyqtd5rsi8sg.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_eO0cf0AXk1_huibyaptm4zyeh2qnh10ihwfgzlhx52p7jricmuxtxnve4gxcf6n6mnqancm.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_bcOs44GDfU_8cpevosgbsxubq6xbhoroy6q4rrclbkxzrdqcswenmegtahk8uw5rrnyihdl.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_tXf9q5y5z4_obau9utmm9fa2fx8nyaxolb2ylcvasrxcfhrygnscpji3haej2roc3n03ckx.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_bmZGiohQhp_lphq3ebbkvaaavgy9gksgzfxhnmcmqokdkapyunee2slrzasac6qidz2huqp.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_RWpJ8ba26H_s1vhtd3uumg5lc7ni3mjkjodrnn8ka72ejm8lw1z4dkcpyje8zdexlrfxjm8.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_TCaCtSj12t_umg0rsp0j5zs4b6dm2mmndgbwbkmmqutoqmsnzomw1ei3q60oidnhnhrifzp.jpg)
प्रतिक्रिया