आफ्नै मतदातालाई धोखा दिने गद्दार नेताले ‘भोट’ फिर्ता गर्नुपर्छ- प्रभु साह

रौतहट, २४ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले राजनीतिक दलहरु ‘बेइमान’ भएको टिप्पणी गरेका छन् ।
राजनीतिक दलहरु मुलुक र जनतासँग गदारी गरेको आरोप उनले लगाए । महापर्व दशैं, शुभ दिपावली एवं छठ पर्वको अवसरमा रौतहटको बौद्धीमाई नगरपालिकाको ईनर्वामा आज आजपाद्धारा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष साहले मुलुक र जनताको आवश्यक्ता एवं चाहना अनुसार राजनीतिक दल र नेताहरुले काम गर्न नसकेको जनाएका हुन् ।
जनता र आफ्नो मतदातालाई धोखा दिने गद्दार जनप्रतिनिधिले भोट फिर्ता गर्नुपर्ने उनले बताए । आफ्नै मतदातासँग गरेको प्रतिबद्धता पुरा नगर्ने राजनीतिक दल र नेताहरुले भोट फिर्ता गर्नुपर्ने उनको भनाई छ ।
‘एमाले र कांग्रेसले निर्वाचनमा छुटाछुटै गठबन्धन गरेर निर्वाचनमा सहभागि भए । जनतासंग मत मागे, उनीहरुलाई जनताले मत पनि दिए । तर उनीहरुले आफ्नै मतदातालाई धोखा दिए । निर्वाचनमा मतदातासंग गरेको प्रतिबद्धता उनीहरुले कार्यान्वयन गरेनन्, यस्तो अवस्थामा उनीहरु भोट फिर्ता गर्नुपर्छ की पर्दैन ?’ प्रश्न गर्दै आजपा अध्यक्ष साहले भने, ‘के कांग्रेसले एमालेसँग वा एमालेले कांग्रेससँग मिलेर सरकार बनाउँछु भन्ने कुरा गरेका थिए । छुटाछुटै गठबन्धनबाट निर्वाचनमा सहभागि हुने, जनताको मत लिने र आफ्नै मतदातालाई ठग्ने काम गर्ने ?’
जनताको मतको कदर नगर्ने राजनीतिक दलदेखी नेताहरुलाई बहिष्कार गर्नुपर्ने उनले बताए । जनतालाई धोखा दिने नेताहरुले भोट फिर्ता गरेर आफ्ना मतदातासँग माफी माग्नुपर्ने उनले बताए । वा जनतासंग जे प्रतिबद्धता गरिएको थियो सोही अनुसार राजनीतिक दल, नेताहरुले काम गर्नुपर्ने उनले बताए ।
‘निर्वाचनको बेलामा एउटा कुरा गर्ने, निर्वाचन पछि अर्को काम गर्ने । आफैले बोलेको कुरा पुरा नगर्ने दोहोरो चरित्र देखाउने नेताहरुलाई गाउँ गाउँबाट लखेटनुपर्ने आवश्यक्ता छ, यिनीहरुकै कारण मुलुकको बिकास हुन सकेन, युवाहरुले रोजगार पाउँन सकेनन्’ साहले भने, ‘लाखौं युवाहरु बेरोजगार छन, खाडी मुलुक जानुपर्ने, ठगिनुपर्ने अवस्था छ । तर यि नेताहरु मुलुकमा भ्रष्टाचार गर्ने, विदेशमा पैसा थुपार्ने, मुलुकलाई कंगाल बनाउँने काममा लागेका छन् ।’
बिभिन्न भ्रष्टाचार एवं काण्डमा संलग्न नेताहरुलाई गाउँ पस्न नदिन उनले आह्वान गरे । जनतालाई भ्रममा राखेर लुट मचाएका त्यस्ता नेताहरुलाई बहिष्कार गर्नुपर्ने उनको भनाई छ । कार्यक्रममा आजपाका महासचिव त्रिभुवन साह, श्रीभगवान पटेलका साथै आजपाका नेताकार्यकर्ता, सर्वसधारण लगायतको विशेष सहभागिता रहेको थियो ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_EXsb6YDqbO_o4xmbhobnx7elvarpgrgf6gnkdhncxxxa2bp30qdayjuwkmkblop0ei4lkw5.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_E6CEmvi3TH_p0mlfj1pxvpstazmv6mqddythisdcm7zyr9jzemkcpjfe5adu0y58mhfmazy.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_W9Mdq9x4aN_9r5opy1urdwzupfiqqefahk4w13xjvkp88hw8b92bizefrzlifl6mv25cozz.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_ihUTLhGdJF_fdvrzdohb7o8pb0j8vctsmncjuheksv3ca2evgjfhvnvfcddypxojaszkz2q.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_IKmyyZn0xx_kztm2il7iatha7zrk8uvwtryfdskg9cexpwbpqnbxhy71qj9txytcrjplc1r.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_RYbbE67F2A_eaniugkmfzletv5xmnt9gnlyfd8pkzo5o1ix70gvak6yhe6sntgotk00yzmr.jpg)
प्रतिक्रिया