आइपिएल फ़्रेन्चाइजीहरुले मेघा अक्सनअघि राखे तीन माग

काठमाडौँ । यस वर्ष आईपीएलको १८औं सिजन अघि मेगा लिलामी आयोजना गरिने भएको छ । यसअघि फ्रेन्चाइजीले खेलाडीलाई रिलिज गर्नुपर्नेछ। हालै बसेको आइपिएल गर्भर्निंग काउन्सिल र फ्रेन्चाइजीहरूले भेट गरेर तीन परिवर्तनको माग गरेका छन् । उनीहरुले मेघा लिलामीको अवधि, खेलाडी रिटेन्सनको संख्या र राइट टु म्याचको नियम परिवर्तनको माग गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार फ्रेन्चाइजीहरूले आईपीएलका तीन नियममा परिवर्तनको माग गरेका थिए । मेघा अक्सन अघि बसेको उक्त बैठकमा फ्रेन्चाइजीहरुले मेगा अक्सनको समयावधि पाँच वर्ष गर्न माग गरेका थिए । यसबाहेक उनीहरुले चारदेखि ६ जना खेलाडी राख्न पाउने र प्रत्येक टोलीलाई कम्तीमा आठ राइट टु म्याच (आरटीएम) को विकल्प दिइनुपर्ने माग गरेका छन् । तर, यी विषयमा अहिलेसम्म कुनै निर्णय भएको छैन ।
हरेक पाँच वर्षमा मेगा लिलामी गर्ने मागको कारण युवा खेलाडीलाई तयारी गर्ने मौका दिने हो । यसले अनक्याप्ड खेलाडीहरूलाई फाइदा पुग्छ र उनीहरूले आफ्नो खेल सुधार गर्न सक्षम हुनेछन् । हाल आईपीएलको मेघा लिलामी प्रत्येक तीन वर्षमा हुन्छ ।यस बैठकमा, फ्रेन्चाइजीहरूले आईपीएल अधिकारीहरूबाट राइट टु म्याच (आरटीएम) विकल्पमा परिवर्तन गर्न माग गरे । फ़ेन्चाइजीहरू मेघा लिलामी अघि यसलाई आठमा घटाउन चाहन्छन् । यदि यसो भयो भने, टोलीहरूले आफ्ना पुराना खेलाडीहरूलाई उच्च बोलीमा मिलाएर टोलीमा पुन: समावेश गर्न सहज हुनेछन् ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_Ku8H6yOJYB_jqvuea2svmxpu576sdtnwcu1q2fds7bnrxmlqevtok3szbvpofuyyf45pxir.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_PHJW5DXmXC_anuwkkaigzkplibrvp76h64ownkbummvq9uhynnz1s8qaz5ld3af3ubo0kxp.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_L6Fp3JryIA_kzbcvjxc2ts2zv7h5xy8vakeqhofvergksj1buww9rzyxu0vdtvdpq5xus2a.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_r3pzKrXMK9_jifzunaaqclrjlq6ywyln2g9moyglusexzkuz3wlhdf9oluewksdc7p1wk6e.jpg)
प्रतिक्रिया