यी हुन् आजकै दिन शहीद हुने भक्तपुरका चार सपुतहरू

भक्तपुर । नेपालमा पटकपटक जनआन्दोलनहरु भए । देशको आमूल परिवर्तनका लागि २००७, २०४६, २०६२÷०६३ सालमा जनआन्दोलन भए । यी जनआन्दोलनहरुमध्ये २०४६ साल फागुन ८ गते सोमबार आजकै दिन भक्तपुरवासीहरुको लागि अविस्मरणीय जनआनदोलनको सम्झनाको दिन बन्यो । किनकि २०४६ सालको जनआन्दोलनको क्रममा फागुन ८ गते आजकै दिन भक्तपुरको टौमढी (पाँंचतल्ले मन्दिर अगाडि) गोली चलेकोे थियो र त्यही गोलीबाट भक्तपुरमा चार जना शहीद भएका थिए ।
आजकै दिन टौमढीमा गोली लागेर राजकुमार सुवाल र हरिकृष्ण भुजुको निधन भएको थियो भने टौमढीमा अलि पर त्रिपुरासुन्दरीमा निर्मलकुमार शाक्य र सुकुलढोकामा कृष्णराम दुवालमाथि गोली लागेर सहादत भएका थिए ।
२०४६ साल फागुन ७ गते पञ्चायती शाशनविरुद्ध प्रजातन्त्रका लागि देशैभर नेपाली कांग्रेसलगायतका संयुक्त दलहरुले जनआन्दोलनको घोेषणा गरी आन्दालन सुरु गरेका थिए । यो क्रममा भक्तपुरमा फागुन ८ गते जुलुश निस्केको थियो । भक्तपुर नगरको सूर्यमढीबाट सुरु भएको जुलुश नगर परिक्रमा गर्दै टौमढीमा पुग्दा भिड थामिनसक्नु भएको थियो । यही भीडमा प्रहरीले अन्धाधुन्ध गोली वर्षा गर्दा घटनास्थलमै भक्तपुरका राजकुमार सुवाल र हरिकृष्ण भुजुको निधन भयो ।
नेपाल मजदुर किसान पार्टीको विद्यार्थी संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुरका तत्कालीन अध्यक्ष एवं घटनाका प्रत्यक्षदर्शी रवीन्द्र खर्बुजाले बिहान पौने ९ बजेतिर अन्धाधुन्ध गोली चलाइएको स्मरण गरे । जुलुस टौमढी पुग्दा सुरक्षाकर्मीले नियन्त्रणमा लिन नसकेपछि बिना चेतावनी गोली चलाइएको र टौमढीमा घटनास्थलमै दुईजना शहीद भएको उनले सुनाए ।
‘यहाँं दिउँंसो १२ साढे १२ बजेसम्म आन्दोलनकारी र प्रहरीबीच झडप भइरह्यो,’ उनले भने, ‘यही क्रममा यही दिन टौमढी नजिकैको त्रिपुरासुन्दरीमा निर्मलकुमार शाक्य र सुकुलढोकामा कृष्णराम दुवालमाथि पनि गोली लाग्यो र निधन भयो ।’
जनआन्दोलन २०४६ को क्रममा देशैभर आन्दोलन हुँंदा भक्तपुरको टौमढीमा पहिलोपटक गोली चलाइएको जनाइएको छ । जनआन्दोलन २०४६ को क्रममा भक्तपुरका यी चारसहित पुष्परत्न शाक्य र महेश श्रेष्ठ पनि शहीद भएका थिए । साथै त्यही आन्दोलनको क्रममा भक्तपुरमा तीन दर्जन बढी घाइते भएका थिए ।
यही दुखद् घडीको सम्झनामा भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष फागुन ८ गते शहीदको सम्झनामा शहीद दिवस मनाउँंदै आएको छ । भक्तपुर नगरपालिका वडा नं २ स्थित भक्तपुरका यी ६ जना शहीदहरुको सम्झना र सम्मानमा बनाइएको शहीद स्मृति उद्यानमा शहीदहरुको शालिकमा माल्यार्पण गरी शहीद दिवस मनाउँंदै आएको छ । उद्यान झण्डै चार रोपनी क्षेत्रफलमा फैलिएको छ । उद्यानको बीचमा २०४६ सालको जनआन्दालनको क्रममा भक्तपुरबाट सहादत प्राप्त शहीदहरु राजकुमार सुवाल, हरिकृष्ण भुजु, निर्मलकुमार शाक्य, कृष्णराम दुवाल, पुष्परत्न शाक्य र महेश श्रेष्ठ ६ जना शहीदहरुको संयुक्त शालिकमा माल्यापर्ण गरिन्छ ।
प्रजातन्त्र पुनस्थापनाका लागि नेपालमा २०४६ साल फागुन ७ गतेबाट जनआन्दोलन सुरु भएको थियो । ३९ दिन लामो जनआन्दोलनपछि २०४६ चैत्र २६ गते नेपालमा प्रजातन्त्र पुनस्थापना भएको थियो । यस क्रममा देशभरका १४ जिल्लाका ४१ जना शहीद भएका थिए ।
नेपालमा २००७ साल फागुन ७ गते राणा शासनको अन्त्य भई पहिलो पटक प्रजातन्त्र आएको थियो । त्यसपछि फेरि २०४६ सालमा दोश्रो जनआन्दोलन भई दोस्रो पटक प्रजातन्त्र पुनस्थापना भएको थियो । यसपछि २०६÷०६३ मा भएको तेस्रो जनआन्दोलन पश्चात नेपालमा गणतन्त्र घोषणा गरिएको थियो ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_ivEGNsCYjL_90nbsow9r5d8krcg4rbw7psu24yusazfftbwqcplp5irs6p0u0ytqklpja3o.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_cgEHMjg9e5_okvghjmc8w2zldlj9mafjkjromceeqppnwv2v9uruh6bspbciwmk6c0ca9yv.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_3Fz17WPq59_7dnbqjyjdhz8vleofjmnqv6kpc0qgkyjinaamr4gif9k1rjzvybhd5ctgsnf.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_GvXnwG1Dlx_ou4ke2xghiilmurwi6egcndrmcqp8fzgdkd53wp1gypaufemt7n6ypi8ohm8.jpg)
प्रतिक्रिया