‘छमकछमक’का रचनाकार, संगीतकार तथा गायक सन्तोष सुनार थ्रि डि आर्ट म्युजियम भ्रमण गर्दै

काठमाडौ ।
'छमकछमक तेरी पाउजु पाउजुले बोलाया, लाइदे पिरती त्यसैले म आया ‘ , हेरेको हेरै, चुनरी चुनरी जस्ता गितका गायक तथा तिमी हिड्ने पीच गर्दिन्छु रोड, गाजल टिका लाउन माया साह्रौ सुहाँउछ जस्ता सर्बप्रिय गिताका रचनाकार सन्तोष सुनार नेपालको पहिलो र ठुलो थ्रि डि आर्ट म्युजियम वान डे थ्रि डि आर्ट वल्र्ड भ्रमण गर्ने भएका छन् । युबापुस्ता माझ चर्चित गायक, संगीतकार एबम् रचनाकार सुनार आगामि १३ गते शुक्रबार थ्रि डि आर्ट म्युजियम भ्रमण गर्ने कार्यक्रम रहेको थ्रि डि आर्ट म्युजियका संचालक सदस्य नरेश बुढाथोकीले बताए ।
गायक,संगीतकार एबम् रचनाकार सुनारले वान डे थ्रि डि आर्ट म्युजियमले कला र कलाकारको सम्मानका लागि नियमितरुपमा संचालन गर्दै आएको कार्यक्रम कला विथ कलाकार (KALA WITH KALAKAR )मा सहभागिता जनाउने संचालक सदस्य बुढाथोकीले बताए । बुढाथोकीका अनुसार सुनारले आउदो शुक्रबार म्युजियममा सर्बसाधारणसँग अन्र्तक्रिया गर्दै म्युजियम भ्रमण गर्नेछन् ।
गायक सुनारको छमकछमक तेरी पाउजु पाउजुले बोलाया, लाइदे पिरती त्यसैले म आया २ करोड बढीले युट्युबमा हेरिसकेका छन् भने यो गित टिकटकमा निकै भाइरल समेत भएको थियो । उनले शब्द–संगीत गरेका केही गीतले करोड भ्युज पार गरिसकेका छन् । उनले शब्द संगीत भरेको गीत ‘पिच गरिदिन्छु रोड ३ करोड ६४ लाख बढी पटक हेरिएको छ । त्यस्तै घरबारमा, गाजल टिकीमा, हल्का त लजाउन, जुनीजुनी जस्ता गीतमा शब्द, संगीत भरिसकेका छन् । त्यस्तै सोराई, धोखा भो, तारा, चुँडी छमाछम, तिम्रो फिगर, भगवान, मेरी मायालु आदि गीतमा काम गरिसकेका छन् । उनको अहिले पश्चिमेली शब्दमा ‘चुनरी चुनरी’ गीत बजारमा आएको छ ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_ivEGNsCYjL_90nbsow9r5d8krcg4rbw7psu24yusazfftbwqcplp5irs6p0u0ytqklpja3o.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_cgEHMjg9e5_okvghjmc8w2zldlj9mafjkjromceeqppnwv2v9uruh6bspbciwmk6c0ca9yv.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_3Fz17WPq59_7dnbqjyjdhz8vleofjmnqv6kpc0qgkyjinaamr4gif9k1rjzvybhd5ctgsnf.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_GvXnwG1Dlx_ou4ke2xghiilmurwi6egcndrmcqp8fzgdkd53wp1gypaufemt7n6ypi8ohm8.jpg)
प्रतिक्रिया