भ्रमण वर्ष पूर्णत स्थगित, २०२२ मा मनाइने

IMG_20200301_220625

काठमाडौं ।

सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष लाई स्थगित गर्ने निर्णय गरेको हो ।  कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष स्थगित गरेर सन् २०२२ लाई भ्रमण वर्ष घोषणा गर्ने प्रस्ताव राखेको बताइएको छ । यसअघि पर्यटन मन्त्रालयले विदेशमा गरिने प्रचारका कार्यक्रम स्थगित गरेको थियो ।

Comments

Top