प्रिमनसुन शुरु, मार्च, अप्रिल र मेसम्म पहाडी भू–भागको मौसम प्रभावित हुने

Mansun

काठमाडाैं । अंग्रेजी वर्षको तीन महिना सम्म चलिरहने यो वर्षको प्रि–मनसुन शुरु भएको छ । जस्को प्रभावले गर्दा देशका पहाडी भू–भागको मौसम अपराह्न तथा साँझापख लगाातर प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रि–मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित श्रणिक वर्षा हुने रहेको छ । मौसमविद् समिर श्रेष्ठ का अनुसार ‘जाडो महिना सकिए लगतै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन शुरु भएको हो ।’

यस अवधिमा दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख पहाडी भू–भागमा हावाहुरी मेघगर्जन तथा चट्याङसहित फाटफुट वर्षा हुने संभावना रहने छ । मौसमविद्का अनुसार पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । उक्त समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्न सक्ने जनाइएको छ ।

तापक्रम बढ्न थालेकाले पनि यसको प्रभाव देखिएको हो ।

Comments

Top