भक्तपुरमा एक साथ १६ पुल, सांसद बस्नेत भन्नुहुन्छ : काम, काम र काम

received_894615921362457

भक्तपुर ।
चालू आर्थिक बर्षमा भक्तपुर जिल्लामा पूर्वधार विकासको कामले तिव्रता पाएको छ। भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्नेतका अनुसार अहिले त्यो क्षेत्रमा १६वटा पूल निर्माणको चरणमा रहेका छन्। उहाँका अनुसार भक्तपुरको इतिहासमा एक साथ १६ पुल निर्माण गरिएको यो नै  पहिलोपटक हो ।

शुक्रबार नेपाल सरकारको स्थानीय स्तरको सडक पुल अन्तर्गत गुण्डू घट्टाको बाधमा पुल निर्माण कार्यको शिलान्यास गर्दै बस्नेतले आफू सधै काम, काम र काममा लागेको बताउनुभयो । हल्लाका पछि लाग्ने फूर्सद छैन हामी काम, काम र काम भनेर लाग्ने हो सांसद बस्नेतले भन्नुभयो । कार्यक्रममा सम्बोधन गर्दै उहाँले अहिले १० साना तथा मध्यम पुल र ६ ठूला पुल निर्माणको क्रममा रहेको समेत बताउनुभयो ।

आगामी आर्थिक वर्षबाट नै पुराना र जीर्ण पुलको आबश्यकता नरहने गरि काम भइरहेको उहाँको भनाई थियो । कार्यक्रममा सांसद बस्नेतले भक्तपुरको सिपाडोल,दधिकोट,सिरुटार लगाएत अन्य स्थानगरि १० साना पुल र नेपाल सरकारकै लागतमा  काठमाडौं र भक्तपुर जोड्ने बेलिब्रिज, कौशलटार र बालकोट , गठ्ठाघर र बालकोट एबम् भक्तपुर र थिमी नगरपालिका जोड्ने लगायतका ६ ठूला पुल पनि निर्माणको प्रक्रिया शुरु भइसकेकको जानकारी गराउनुभयो । जडिबुटीको सवारी चाप न्युनिकरणका लागि जडिबुटीको आँखा अस्पताल अगाडि बनाइएको काठमाडौ र भक्तपुर जोड्ने बेलि ब्रिजसँगै अर्को पुल निर्माण गरिने समेत गरिने उहाँले बताउनुभयो । 

उहाँले २०५४ सालमा स्व. मनमोहन अधिकारीबाट उद्घाटन गरिएको गुण्डु बुढीगण्डकी पुललाई सोही अवस्थामा राखेर छेउमा अर्को पुल बनाइने बताउँदै सडक निमार्ण तर्फ पनि महत्वपूर्ण काम भएको जानकारी बताउँनु भयो ।

बालकोट रानीकोड सडकखण्डमा ४० करोडको टेण्डर सकिएको, शिरुटार जाने सडकमा ६ करोडको काम सकिएको , बालकोट रेडक्रस सडकमा थप ७५ करोड बजेट परेको भन्दै पलासेदेखि डोलेश्वरसम्म ३ किलोमिटर बाटो १४ करोडको लागतमा सकिएको,आदर्शचोक देखि घ्याम्पेडाडा जाने सडक ७ करोडको बजेट छुट्टाइएको बताउँनु भयो।

त्यस्तै भक्तपुरमा ल्यान्ड पुलिङ्, स्मार्ट सिटी लगायतको काम पनि अघि बढेको उहाँको भनाई थियो । बस्नेतले विकासमा विवाद गर्न र भ्रम छर्न आबश्यक नरहेको बताउँदै अब भोटको राजनिति गर्ने दिन सकियको भन्दै भक्तपुरलाई आकासबाटै चिन्न सकिने देशकै नमुना बिकसित शहरका रुपमा बिकास गर्ने उद्देश्यमा आफु अडिक रहेको बताउनु भयो ।

कार्यक्रममा जिल्ला संमन्वय समिति उप प्रमुख सरिता कुँवरले भक्तपुरको बिकासका लागि सांसद बस्नेतले खेल्नु भएको भुमिकाको प्रसंसा गर्दै भक्तपुरले सांसद बस्नेत जस्तो नेता पाउनु गर्भको कुरा भएको बताउँदै भक्तपुरले नसोचेको बिकास अनुभुति गरिरहेको बताउनु भयो ।
कार्यक्रममा सुर्यबिनायक नगरपालिका वडा नं ७ का वडाअध्यक्ष रबिन्द्र सापकोटा,वडा न ८ का वडाअध्यक्ष किरण थापा,वडा सदस्य अर्जुन खतिवडा ,कृष्णजीत माकजु ,प्रहरी बृत्त जगातीका प्रमुख डि.एस. पि चक्रराज जोशी लागाएत स्थानिय बुध्दिजीवी,समाजसेवी,एवम् भद्रभलादमी, पत्रकार लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

received_188200339129959

Comments

Top