हनुमन्ते करिडोर निर्माणमा सांसद बस्नेतको सक्रियता

88069762_1242097879333398_8447511517959553024_n

भक्तपुर ।

पूर्वमन्त्री तथा भक्तपुर २ का सांसद महेश बस्नेतले भक्तपुरको लाइफलाइन आयोजनाको रुपमा हेरिएको हनुमन्ते करिडोर निर्माणमा सक्रियता देखाएका छन् । उनले बारम्बार समयमै गुणस्तरीय काम गरेर आयोजना सम्पन्न गर्नको लागि ताकेता गर्दै आएका छन् ।  बुधबार सांसद बस्नेतले हनुमन्ते करिडोरको अवलोकन समेत गरेका छन् ।

आयोजना ब्यवस्थापन उप-समितिले सूर्यविनायक नगरपालिका र मध्यपुर नगरपालिका द्वारा संचालित हनुमन्ते जग्गा एकीकरण आयोजनाको गरेको हो । अवलोकनपछि हनुमन्ती जग्गा एकीकरण आयोजनाको अहिलेको अवस्था आयोजना बैंक खाता,आयोजना क्षेत्र भित्र जग्गा कित्ताकाट र निर्माण कार्य, आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन लगायतका विषयमा छलफल समेत गरिएको जनाइएको छ ।

निरन्तरको छलफल तथा बहसले आयोजनमा स्थानीयवासीमा रहेको भ्रम क्रमिक रुपमा हट्दै गएको स्थानीयले बताएका छन् । सांसद बस्नेतले जनतालाई आयोजनाका नाममा सकुम्वासी नबनाउने लक्ष्यका साथ ल्याईएको उक्त जग्गा एकिकरण आयोजनाले स्थानीयवासीलाई नै थप फाईदा हुने बताएका छन् ।

एक अर्व ९९ करोडको लागतमा निर्माणाधिन उक्त कोरिडोर भक्तपुरको समृद्धिको मेरुदण्डका रुपमा हेरिएको छ ।

Mahesh-Basnet-Hanumante-2-1

Comments

Top