ओली सरकारको निरन्तरताको लागि बामदेव राष्ट्रिय सभामा

oli bamdev

काठमाडौं : जनताबाट अनुमोदित नभएर पनि नेकपा भित्र पटक-पटक सांसद बन्ने चर्चामा वामदेव गौतम छन् । पार्टीको विधान संसोधन गरेर उपाध्यक्ष भइसकेका गौतम संविधान नै संशोत्रधन गरेर प्रधानमन्त्री हुने बाटो खुला गर्न पनि नेताहरुलाई लविङ गराएको विषय सत्य हो ।

यी दुई कुराले बामदेवले नेकपा र नेकपा भित्र बामदेवको अस्थित्व र उपस्थितीलाई देखाउछ। नेकपा भित्रको राजनीतिमा केही अस्वभाविक दृश्य भने देखिएका छन्।

 संविधान संशोधन नुहनेभएपछि राष्ट्रिय सभामा बामदेवलाई नलैजाने भन्ने बहसपछि पनि नेकपाको सचिवालयले सर्वसहमतबाट बामदेलाई राष्‍ट्रिय सभामा लैजाने निर्णय लियो । तर यो निर्णयपछि नेकपा भित्र शक्तिजाच भइरहेको विश्लेषण गरिएको छ।

राजनीतिका पाका खेलाडी दीर्घकालीन लक्ष्य सहित कार्यन्वयनमा लैजाने सक्ने छबिका रुपमा परिचत प्रधानमन्त्री तथा पार्टीका एक अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिष सभामा डा. युवराज खतिवडालाई नै निरन्तरता दिने सन्देश पठाए । 'प्रधानमन्त्री राजनीतिका एक चलाख खेलाडि हुनुहुन्छ, उहाँले गर्ने संकेत र उहाँको शब्दले धेरै महत्वपूर्ण अर्थ राख्छ' नेकपाकै एक नेता भन्छन् 'सचिवालय बैठकबाट सर्वसहमत निर्णय उल्टाउने संकेत बाहिर आउनुले प्रधानमन्त्रीले केही सन्देश दिन खोजेको देखिन्छ।'

उनले राजनीतिमा ओली पाका खेलाडी भएको कारण खतिवडालाई राष्ट्रिय सभामा निरन्तरता दिने कार्ड फ्याकेर अन्य विषयमा पार्टीमा सन्तुलन मिलाउन खोजेको हुनसक्ने बताउछन् । कथम-कदाति ओलीले वामदेवलाई राष्ट्रिय सभामा पठाएनन् र खतिवडलालाई नै निरन्तरता दिए भने अलि सरकारको आयु  घट्ने निश्चित प्राय रहेको छ। प्रमुख प्रतिपक्ष लगायत अन्य प्रतिपक्ष दल पनि ओली बाहेकका अन्य नेतालाई प्रधानमन्त्री बनाउदा सहज हुने महसुस गरेका छन्। यसका वाबजुद सर्वसहमतिबाट गरिएको निर्ण उल्टाएर ओलीले आफ्नो मात्रै निर्णय लिए भने सचिवालयमा रहेका अन्य ८ जनालाई नैतिक संकट पर्ने देखिन्छ त्यसकारकाण पनि असहयोग हुने निश्चितप्राय रहेको छ।

 राजनीतिमा सधै उकालो खेलमा देखिएका ओलीले आफू एक्लने निर्णय नलिने एक राजनीतिक विश्लेषक बताउछन्। 'ओली जहाँ हुन्छन्, त्यहा उनको बलियो उपस्थिती रहन्छनै, केही सन्देशका बाबजुत राष्ट्रिय सभामा बामदेवलाई नै पठाएर यो सरकारले निरन्तरता पाउछ' ति विश्लेषक भन्छन् 'बुधबार साझ मिडियामा चर्चा भएजसरीनै राष्ट्रिय सभामा खतिवडालाई निरन्तरता दिदै वामदेवलाई पठाइएन भने ओलीले सरकारको आयु छिटै सकिन्छ।'

स्रोत अनुसार नयाँ सरकारकै झल्को दिने गरी प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् एक पटक पुर्नगठन तथा फेरवदल गर्ने योजनामा रहेका छन्।

Comments

Top