सूर्यविनायक-जडिबुटी सडकखण्डलाई यसरी गरिदै छ व्यवस्थित

 

bhaktapur road

 

काठमाडौं : ट्राफिक प्रहरी महाशाखाले सूर्यविनायक(जडिबुटी सडकखण्डलाई थप व्यवस्थित गराउने प्रयास सुरु गरेको छ ।

व्यवस्थित गर्न निजी, सार्वजनिक र मालवाहक गाडी छुट्टाछुट्टै लेनमा चलाइने गरि व्यवस्थापन गरिएको महाशाखाले जनाएका छ। महाशाखाका अनुसार बुधबारदेखि छुट्टाछुट्टै लेनमा गाडी चलाइने छ । छुट्टाछुट्टै लेनबाट गाडी चलाउँदा अहिले भईरहेको जाम घट्नुको साथै दुर्घटना समेत कम हुने लक्ष्य राखिएको छ।

अहिले भैरहेका धेरैजसो दुर्घटनामा टिप्पर तथा ठूला गाडीले मोटरसाइकललाई ठक्कर दिएको पाइएकोले अब छुट्टै लेन प्रयोग गरेपछि मोटरसाइकल तथा साना गाडीलाई ठूला गाडीले ठक्कर दिने क्रम कम हुने अनुमान छ ।

सूर्य्विनायक-जडिबुटी सडकखण्डमा यात्रुवाहक, मालवाहक र कम गतिमा गुड्ने गाडी बायाँ लेनमा, र निजी गाडी दाहिने लेनमा मात्र चलाउन पाइने व्यवस्था गरिएको लेन कार्यान्वयनका लागि महाशाखाले गठन गरेको छ ।

Comments

Top