चीनबाट आएका सबै नेपाली काेरना संक्रमणबाट मुक्त रहेकाे पुन: पुष्टि

FB_IMG_1581825909041

काठमाडौं । चीनको हुबेई प्रान्तबाट उद्दार गरिएका १७५ जनामा कोराना भाइरसको संक्रमण नभएको पाइएको छ ।

बुधबार स्वास्थ्य मन्त्रालयले सार्वनजिक गरेको रिपोर्टमा नोवेल कोरना भाइरस नेगेटिभ देखिएको हो । उनीहरुको नाक र घाँटी र नाकबाट स्याम्पल लिएर परीक्षण गरिएको थियो ।
चीनको हुबेई प्रान्तबाट गत आइतबार १७५ जना नेपालीलाई काठमाडौं ल्याइएको थियो ।

वुहानबाट उद्दार गरिएकाहरुलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । मन्त्रालयकाअनुसार क्वारेन्टाइनमा राखेको १४ दिनमा फेरि स्वास्थ्य जाँच गरिनेछ । स्वास्थ्य जाँचपछि फेरि नेगेटिभ देखिएमा उनीहरुलाई आफ्नो घरमा जान दिइने छ ।

पछिल्लो २ महिना देखि चीनमा महामारीको रुपमा देखिएको कोरोना भाइरसका कारण एकहजार भन्दा बढीको ज्यान गएको छ भने हजारौंलाई संक्रमण भएको अनुमान गरिएको छ ।

Comments

Top