प्रधानमन्त्री ओलीलाई नेशन बिल्डर अवार्ड, युवालाई नेपाल फर्काउने अभियानमा सरकार

5

काठमाडौं -

सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘आमो भिजिनरी लिडर एण्ड नेशन बिल्डर अवार्ड–२०२०’ दिइएको छ । ‘एशियाली नेतृत्वकर्ता पुरस्कार वितरण कार्यक्रममा प्रधानमन्त्री ओलीलाई यो पुरस्कार प्रदान गरिएको हो।

अवार्ड लिदै प्राधानमन्त्री ओलीले लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त सङ्घीय लोकतान्त्रिक संविधानको प्रभावकारी कार्यान्वयनसँगै सरकार समृद्धिको बाटोमा अगाडि बढिरहेको बताए । उनले जनतालाई ढुक्क हुन अपिल समेत गरेका छन्। सरकार जनताको सुख र समृद्धिको निम्ति काम गरिरहेको बताउँदै त्यसलाई पूरा गर्न कटिबद्ध रुपमा अगाडि बढिरहेको बताए।

3 (1)

'नेपाल स्रोत र साधनले धनी देश हो, अब यी स्रोतसाधनको प्रयोग गर्दै स्वदेशमै रोजगारीको सिर्जना गरी विदेसिएका युवालाई नेपाल फर्काउने अभियानमा सरकार लागिपरेको छ।' प्रधानमन्त्री ओलीले भने। देशमा राजनीतिक स्थिरता छाएको र स्थिर सरकार बनेको अवस्थामा अब मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सहयोग गर्न प्रधानमन्त्रीको सबैलाई अपिल थियो। विसं २०७२ को भूकम्पपछि नेपालले पुनःनिर्माण र नवनिर्माणको कार्यलाई तीव्रताका साथ अगाडि बढाएको बताउँदै उहाँले मुलुक विकासको बाटोमा अगाडि बढिसकेको बताए।

सोही अवसरमा प्रधानमन्त्री ओलीले ‘एशियन लिडरसीप अवार्ड–२०२०’ चन्द्रप्रसाद ढकाल 'नेपाल' र शिव कुमार 'भारत'लाई प्रदान गरे।

Comments

Top