बामदेव गौतम बने नेकपाका उपाध्यक्ष

bamdev

काठमाडौं -

नेकपा नेता तथा सचिवालय सदस्य बामदेव गौतम पार्टीको उपाध्यक्ष भएका छन् । पार्टीको केन्द्रीय समिति बैठकले सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गरेसँगै नेता गौतम उपाध्यक्ष बनेका हुन् । यसअघि सो पार्टीको विधानमा दुई अध्यक्ष र एक महासचिवको व्यवस्था गरिएपनि उपाध्यक्षको व्यवस्था थिएन । गत साउन अन्तिम साता बसेको सचिवालय बैठकले विधान संशोधन गरेर उपाध्यक्ष पद सिर्जना गर्ने निर्णय गरेको थियो । सो प्रस्ताव स्थायी समिति बैठकले पनि पास गरेको थियो ।

केन्द्रीय कमिटी बैठकले सर्वसम्मत रुपमा गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको प्रचार बिभाग उपप्रमुख सूर्य थापाले बताए । विधान संशोधनसँगै उपाध्यक्षका काम, कर्तव्य र अधिकार पनि व्यवस्थित गरिएको उनले जानकारी दिए ।
सचिवालय बैठकले ३३ वटा विभागको संयोजक र सह संयोजक पनि तोकेको छ । बैठकले ईश्वर पोखरेललाई स्कुल विभाग, बामदेव गौतमलाई संगठन, माधवकुमार नेपाललाई विदेश विभाग, नारायणकाजी श्रेष्ठलाई प्रचार, सुरेन्द्र पाण्डेलाई अर्थ तथा योजना, झलनाथ खनाललाई नीति अध्ययन प्रतिष्ठानको र पर्यटन विभाग योगेश भट्टराईलाई संयोजक तोकेको छ ।

 

Comments

Top