नेकपा केन्द्रिय कमिटीको बैठकमा समूहगत छलफल शूरु, टोली नेताबाहेकलाई बोल्न प्रतिबन्ध

kendriya

काठमाडौं-

बुधवारबाट शुरु भएको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को केन्द्रीय कमिटीको बैठकमा आज समूहगत छलफल शुरु भएको छ । हिजो उद्घाटन पछि अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड ) ले पेश गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रीत भएर नेकपाका केन्द्रीय सदस्यहरु छलफलमा जुटेका छन् ।

प्रत्येक समूहमा २९ जना केन्द्रीय सदस्य रहेका छन् । बर्णानुक्रम अनुसार २९ जना सदस्यलाई एउटा समूहमा राखेर छलफल चलाइएको नेकपा स्रोतले जानकारी दियो । राष्ट्रिय सभागृहमा ८ वटा समूह, पार्टी कार्यालय धुम्बाराहीमा चार र पेरिसडाडाँस्थित कार्यालयमा तीन वटा समूह छलफलमा जुटेका छन् । बैठकमा टोली नेता बाहेकलाई बोल्न प्रतिवन्ध लगाइएकाले समूहगत छलफलमै नेताहरुले आफ्ना धारणा राख्ने बताईएको छ । ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेकपाको एकता महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्म सम्पन्न गर्ने प्रस्ताव गरिएको छ ।
२०७७ मंसिरभित्र सबै स्थानीय तह र प्रदेश तहका अधिवेशन सम्पन्न गर्न प्रस्ताव गरिएको छ ।

 

Comments

Top