सभामुख सापकोटालाई बधाई दिदै प्रधानमन्त्रीले भने, 'अब एमसीसी पारित गर्नुछ ।'

pmm
प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिदै खुसी व्यत्त गरेका छन्। प्रतिनिधिसभा संसदमा मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नियमसंगत ढंगले संसद अघि बढाउन सफलता मिलोस् भन्दै सभामुख सापकोटालाई बधाई दिएका हुन ।

प्रधानमन्त्री ओलीले संसदले पूरा गर्नुपर्ने भूमिकालाई प्रभावकारी ढंगले अघि बढाउन संसद सञ्चालनको गहन अभिभारा सापकोटाको हातमा आएको बताए । यस काममा सफलता मिलोस भन्दै उनले सापकोटालाई दल, सरकार र आफ्नो तर्फबाट बधाई तथा शुभकामना दिए ।

सरकार र संसदले आफ्नो काम तीव्र गतिमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिएका छन् । थुप्रै विधेयकहरु पारित गरेर ऐन निर्माण गर्नुपर्ने बताउदै उनले भने, 'धेरै अगाडि देखि विभिन्न चरण पार गर्दै आएको, ६/७ जना प्रधानमन्त्री गुजारेको र अनुमोदनको प्रतीक्षामा रहेका एमसीसी पारित गर्नुछ ।’

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासलाई सँगसँगै अघि बढाउने पनि बताए ।

Comments

Top