साग पुरुष फुटबल : माल्दिभ्सविरुद्ध नेपालको सानदार जित

nepal

 काठमाडौं। १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सविरुद्ध जित हासिल गरेको छ । नेपालले माल्दिभ्सलाई २ -१ ले पराजित गर्दै बिजयी हासिल गरेको हो ।  खेल सुरु भएको १९औँ मिनेटमा माल्दिभ्सका इब्राहिम हुसेनले गोल गरेका थिए ।

 नेपालको तर्फबाट ४३औँ मिनेटमा अभिषेक रिजालले गोल गर्दै खेल बराबरीमा लगेका थिए । पहिलो हाफमा माल्दिभ्ससँग बराबरी खेलेको नेपालले दोस्रो हाफ सुरु भएसँगै अग्रता लिएको थियो ।

 खेलको ५२ औं मिनेटमा नेपालले पाएको कर्नर किक गोलमा परिणत भएको छ । नेपालका लागि सुनिल बलले प्रहार गरेको कर्नर किकलाई अनन्त तामाङले हेडमार्फत् गोल गरेका थिए । नेपालले अब भोली बंगलादेशसँग खेल खेल्नेछ। 

Comments

Top