म्याराथन दौडमा नेपाललाई स्वर्ण पदक

sorna

 काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)प्रतियोगितामा ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदकहात पारेको छ ।

पुरुषतर्फको स्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे । यस स्पर्धामा भारतीय खेलाडी दोस्रो र तेस्रो हुँदै रजत र कास्य पदक जिते ।

 सन् १९९५ मा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए । त्यसपछि १३ औं सागमा किरण बोगटीले नेपाललाई स्वर्ण दिलाएका हुन् ।

Comments

Top