मालपोत प्रमुख ५ लाख घुससहित पक्राउ

pakrau_2

  काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाका प्रमुख रामबाबु मण्डल ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

मण्डललाई आज अख्तियार दुरूपयोग अनुसान्धान आयोगको टोलीले सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा कार्यालयबाटै पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मण्डललाई घुससहित पक्राउ गरेको हो ।

सुकुम्बासीको नाममा आएको जग्गाको विषयमा उच्च अदालत, विराटनगरले प्रमाण माग गरेपछि पीडित मालपोत कार्यालयमा पुगेका थिए ।

त्यससम्बन्धी कागज माग्ने क्रममा मण्डलले कागज दिन आनाकानी गरेर रकम माग गरेको अख्तियारमा उजुरी परेको थियो ।

मण्डलमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

Comments

Top