आज बेलुका युएईमा भिड्दैछन् पारस र सन्दीप

sandip and paras

  काठमाडौं । युएईमा जारी टी–१० लिगमा भर्खरै राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्का र क्रिकेट खेलकै कारण अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा कमाएका सन्दीप लामिछानेबीच प्रतिस्पर्धा हुने भएको छ ।

आज युएईमा लामिछाने आबद्ध कर्नाटक र खड्का आबद्ध अबु धावीले प्रतिस्पर्धा गर्ने भएका हुन् । दुवै टिमको यसअघि प्रदर्शन सन्तोषजनक नभएकाले आज बेलुकी ९ः४५ बजे अबु धावीस्थित शेख जायेद स्टेडियममा हुने खेलमा कसले बाजी मार्ने भन्नेमा अड्कल काट्न सकिएको छैन ।

लामिछाने आबद्ध कर्नाटकले जारी सिजन ५ खेल खेलेर १ जित निकाल्दै ३ हार व्यहोर्दा एउटा खेल नतिजाबिहीन रहेको छ भने खड्का आवद्ध अबु धावीले पनि ५ खेल खेल्दा १ जित २ हार व्यहोर्दा १ टाइ र १ खेल नतिजाविहीन भएको छ ।

यद्यपी खड्काको टिम अबु धावी ४ अंकसहित तालिकाको छैटौं स्थानमा छ भने कर्नाटक ३ अंकका साथ अन्तिममा छ ।

लामिछाने लगातार टिममा पर्दा खड्काले भने सुरुवाती दुइ खेलमा मात्र अवसर पाए । लामिछानेले जारी सिजन ६ विकेट लिइसकेका छन्।

Comments

Top