१८ लाख रुपैयाँसहित तीन जना भारतीय हुण्डी कारोबारी पक्राउ

hundi

  काठमाडौं । प्रहरीले १८ लाख अवैश नेपाली रुपैयाँसहित तीन जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका भारतीय नागरिक सुधीरकुमार, सहिद आलम र बिक्कीकुमार पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुलाई वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट तीन वटा भारतीय मोटरसाइकलसहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट स्रोत नखुलेको १८ लाख अवैध नेपाली रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

Comments

Top