दूतावास अगाडि सत्तारुढ विद्यार्थीले जलाएको भारतको नयाँ नक्सा

indian

   काठमाडौं । छिमेकी मुलुक भारतले नेपाली भूभाग मिचेको विरोधमा सत्तारुढ दलका विद्यार्थीहरुले काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् ।

लैनचौरस्थित भारतीय दूतावास अगाडि आज सत्तारुढ दल नेपाल कम्युननिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियुले भारतले भर्खरै जारी गरेको नयाँ नक्सा जलाएरै विरोध प्रदर्शन गरेको हो ।

विरोधका क्रममा विद्यार्थीले भारतको नक्सा जलाउँदै भने लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए ।

Comments

Top