सिंगापुरबाट काठमाडौं ओर्लिनासाथ ठगी मुद्दामा पूर्वमन्त्री रुप ज्योति पक्राउ

rupe

 काठमाडौं। ठगी मुद्दामा पूर्व अर्थ सहायक मन्त्री रुप ज्योति पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरको टोलीले आज बेलुका सिंगापुरबाट काठमाडौं आएका उनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको परिसरका डिएसपी होमिन्द्र बोगटीले वताए । रुप ज्योतिसँगै छोरी सुरुचीलाई पनि प्रहरीले पक्राउ गरेको छ। रुप ज्योतिले छोरी सुरुचीको नाममा समेत कम्पनी खोलेर ठगी गर्दै आएका थिए। उनीहरु दुबै जनालाई  काठमाडौं परिसरमा राखिएको छ ।

 ल्यान्डमार्क डेभलपर्स प्रालिका नाममा हाउजिङ बनाउने भन्दै विभिन्न व्यक्तिहरुसँग करोडौैं रुपैयाँ ठगी गर्दै आएका  शाहीकालिन पूर्वअर्थ सहायकमन्त्री एवं ज्योति ग्रुपका उपाध्यक्ष रूप ज्योति यसअघि अदालतमा सेटिङ मिलाएर जोगिंदै आएका थिए  ।

 जिल्ला अदालत काठमाडौंले दिएको आदेश कार्यान्वयन नगर्न माग गर्दै रूपज्योतिका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको रिट हिजो सर्वोच्चले खारेज गरेपछि रूपज्योतिलाई पक्राउ गर्ने बाटो खुलेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूपज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएको थियो  ।

Comments

Top