अपराध महाशाखाद्वारा अमेरिकन पेस्तोलसहित तीन जना पक्राउ

pestole

 काठमाडौं। महानगरिय अपराध महाशाखाले कीर्तिपुरको चोभारबाट अमेरिकन पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। महाशाखाको टोलीले काठमाडौं-१४ का मनोज बस्नेत, देवेन्द्र भण्डारी र कीर्तिपुरका सुमन खड्कालाई अमेरिकन पेस्तोल र सोको पाँच राउन्ड गोलीसहित पक्राउ महाशाखा प्रमुख एसएसपी सहकुल थापाले वताए।

 बा१७च ८३६४ नम्बरको महिन्द्रा कम्पनीको गाडीबाट पेस्तोल र गोलीसहित पक्राउ गरिएको एसएसपी थापाले बताए। पेस्तोल देखाएर लुटपाट मच्चाउँदै आएका उनीहरुमाथि अनुसन्धान थालिएको महाशाखाले जनाएको छ।

Comments

Top