प्रधानमन्त्रीको सुरक्षामा खटिने सेनाका मेजर जुवाखालबाट पक्राउ

mejar

 काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा खटिने नेपाली सेनाका मेजर राजेन्द्र शाही जुवाखालबाट पक्राउ परेका छन् ।

 महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ जुवा खेलिरहेको अवस्थामा शाहीसहित आठजनालाई पक्राउ गरेको हो ।
। पक्राउ पर्ने अन्यमा घरधनी मगर, रामेछापका बुद्धिलाल मगर, गोरखाका जित गुरुङ र किरणजंग शाह, टोखाका मानकाजी गुरुङ र धर्म शाह तथा सुर्खेतका रिनज राणा छन् ।

उनीहरूको साथबाट एक लाख ५९ हजार तीन सय रुपैयाँ पनि बरामद गरेको छ । मेजर शाही शुक्रबार बिदामा बसेर जुवा खेलेका थिए  । शाहीलाई सैनिक प्रहरीलाई बुझाउनु पर्ने नियम छ  ।

Comments

Top