ग्राण्डीमा प्रधानमन्त्री ओलीको दोस्रो पटक डाइलासिस

kp sharma oli_1

  काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि बुधबार काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो डाइलासिस सकिएको छ ।

बुधबार राती ग्राण्डीमा पहिलो डाइलासिस गरिएको प्रधानमन्त्री ओलीको आज दिउसो दोस्रो डाइलासिस सकिएको हो । प्रधानमन्त्री ओलीको २०६४ सालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गरिरहेका उनको गत महिना प्लाज्मा फेरेसिस गरिएको थियो ।

यद्यपी प्रधानमन्त्रीको उपचार गर्ने अस्पताल र प्रधानमन्त्रीको निजी सचिवालयले प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छैनन् ।

बुधबार साँझ ग्राण्डी अस्पतालले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र केही परीक्षणको रिपोर्ट आएपछि फर्किने उल्लेख गरिएको थियो ।

बिहीबार प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य अवस्थाबारे बुझेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पताल परिसरमा पत्रकारहरूसँग प्रधानमन्त्री अवस्था सामान्य नै रहेको तथा केही समय अघि डायलसिस भएको र एकैछिन रेष्ट गरेर डिस्चार्ज हुने बताएका थिए ।

Comments

Top