लक्ष्मी पूजाको दिन विद्युत सबस्टेशनमा आगलागी

aaglagi

  काठमाडौं । लक्ष्मी पूजाको दिन सिन्धुपाल्चोकको लामो साँघुमा रहेको विद्युत सबस्टेशनमा आगलागी भएको छ । समान्य बेला भन्दा विद्युत बढि खपत हुने तिहारको बेला विद्युत सबस्टेशनमा आगलागी हुँदा त्यसको प्रत्यक्ष मार परेको विद्युत प्राधिकरणले जनाएको छ ।

नेपाल आर्मी, सशस्त्र प्रहरी नेपाल प्रहरी स्थानीय र चौतारा नगरपालिकाको दमकलको सहायताले आगलागी नियन्त्रण प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सबस्टेशनमा रहेको तेलमा समेत आगलागी भएकोले नियन्त्रणमा कठिनाइ भएको प्रहरीको भनाई छ । कसरी आगलागी भयो भन्ने बारेमा अझै खुल्न सकेको छैन ।

Comments

Top