शंखधरको सम्झनामा कार्यक्रमको आयोजना गर्दै नेवाः मुक्ति मोर्चा नेपा

shankhadhar

   भक्तपुर । नेवाः मुक्ति मोर्चा नेपा केन्द्रीय समितिले नेपाल संवतका अवसरमा नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभुती शंखधर साख्वाको सम्मानार्थ आइतबार एक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा पूर्व प्रधानमन्त्री एवम् सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहने छन् भने विशेष अथिती शताब्दी पुरुष सत्यमान जोशी रहने भएका छन् ।


कार्यक्रमको अवसरमा राष्ट्रिय विभुती शंखधर साख्वाँको प्रतिमामा माल्यार्पण एवम् नेपाल सम्बत ११४० को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखिएको मोर्चाका केन्द्रीय महासचिव देवेन्द्र श्रेष्ठले जानकारी दिए ।

मोर्चाका महासचिव श्रेष्ठका अनुसार आइतवार बिहान ७ बजे अध्यक्ष दाहालले ठिमीको शंखधर चोकस्थित राष्ट्रिय विभुती शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि भने ठिमी बैंक्वेटमा चियापान कार्यक्रम सञ्चालन हुने पनि उनले बताए ।

उक्त अवसरमा मोर्चाका नेताहरुका अलावा बिशिष्ठ व्यक्तित्वहरु, पार्टीका केन्द्रीय नेताहरु, भक्तपुरका जनप्रतिनिधिहरु एवं स्थानीय नेताकार्यकर्ताहरुका साथै मुक्तिकामी जनसमुदायको उपस्थिति रहने बताइएको छ ।

नेवा मुती मोर्चा का महासचिव देवेन्द्र श्रेष्ठ
प्रदेश नम्बर ३ का संसद माननीय प्रतिमा श्रेष्ठ, मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठ, नेकपा भक्तपुर जिल्ला सदस्य शुचीत्रा श्रेष्ठ राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य देनेश थपलियालगायतको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिने निर्णय गरिएको हो ।

नेपाल संवत नेपालको मौलिक राष्ट्रिय संवत हो। नेपाल संवतका प्रवर्तक शंखधर साख्वा हुन्। उनले नेपालका सबै जनताको ऋण तिरेर नेपाललाई ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्बत शुरु भएको हो।

शंखधर साख्वालाई नेपाल सरकारले २०५६ सालमा राष्ट्रिय विभुती घोषणा गरेको थियो ।

Comments

Top