ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एकको मृत्यु, दुई घाइते

accident

  काठमाडौं । गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–१० सिर्जनाचोकमा नम्बर नखुलेको ट्रकले ना१३प ६७०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा भविस केसीको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका भरतपुर महानगरपालिका–४ यज्ञपुरीका केसीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार तनहुँ आबुखैरहनीका २२ वर्षीय सुशान्त अधिकारी र १९ वर्षीय प्रशान्त अधिकारी घाइते भएका छन् । उनीहरु दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

घाइते प्रशान्तको अवस्था गम्भीर र सुशान्तको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र ट्रकका चालक फरार रहेकाले खोजी कार्यलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Comments

Top