एकैपटक सहसचिव र उपसचिव पदमा ६८८ जनाका लागि विज्ञापन प्रकाशित (विज्ञापन सहित)

lok sewa aayog

  काठमाडौं । लोक सेवा आयोगले ४७२ उपसचिव र २१६ सहसचिव पदमा विज्ञापन खुलाएको छ। आयोगले आज निजामति सेवाको प्रशासनतर्फ एक सय ८१ सहसचिव र तीन सय ९३ उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ उपसचिवका लागि विज्ञापन गरेको हो। स्वास्थ्य सेवामा नवौं र एघारौं तहमा विज्ञापन खुलेका हुन्।

आयोगले प्राविधिक र अप्राविधिक पदका लागि एकैपटक ठूलो संख्यामा विज्ञापन गरेको छ। योग्यता पुगेकाहरूले मंसीर ३ गतेसम्म दरखास्त दिन सक्ने आयोगले निकालेको सूचनामा उल्लेख छ।

दरखास्त काठमाडौंस्थित केन्द्रीय कार्यालय र उपत्यका बाहिरका आयोगका कार्यालयमा पेश गर्न सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

लोक सेवाले अप्राविधिकतर्फ प्रशासन सेवामा सबैभन्दा धेरै ३७ जना सहसचिव माग गरेको छ । प्राविधिकतर्फ इन्जिनियरिङ, सिभिल, हाइवेतर्फ ३ जना र विल्डिङ एण्ड आर्किटेक्टतर्फ २ जना सहसचिवको विज्ञापन खुलेको छ ।

प्राविधिकतर्फ नै हाइड्रोपावर, टेलिकम्युनिकेसन, केमेष्ट्री, मत्स्य, बाली संरक्षण, एगृ इन्जिनियरिङ, वन र शिक्षा प्रशासनतर्फ एक–एक जना सहसचिवको विज्ञापन खुलेको छ ।

त्यस्तै उपसचिव पदमा प्रशासनतर्फ ७० र राजश्वतर्फ ५ जनाको विज्ञापन खुलाइएको छ । यसैगरी इन्जिनियरिङ सर्भेमा ४ तथा स्यानिटरी, कृषि भेटेरिनरी र सूचना प्रविधि निर्देशक पदमा ३–३ जनाको विज्ञापन प्रकाशित भएको छ ।

प्राविधिकतर्फ नै जनरल मेकानिकलतर्फ २ तथा तथ्यांक, सिभिल हाइड्रोपावर, कृषि मत्स्य र फरेष्ट रिसर्च पदमा एक(एक जनाको विज्ञापन खुलाइएको छ ।

 

Comments

Top