प्रधानमन्त्रीको गुनासो - विकास र समृद्धिको कुरा गर्दा विरोध गर्नु सुहाउने कुरा होइन

pmkpoli

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा वैज्ञानिकहरुलाई उत्साहित भएर काममा लाग्न आग्रह गरेका छन्। बुधबार काठमाडौंमा आयोजित सातौं राष्ट्रिय विज्ञान दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिको क्षेत्रमा केही गर्ने अठोट को पनि उल्लेख गरे ।

 प्रधानमन्त्री ओलीले नेपालमा विकास र समृद्धिको कुरा गर्दा विरोधका कुरा आउने गरेको भन्दै आपत्ति जनाए। सरकारको विरोध गर्नेहरुलाई उखरमाउला भन्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र ल्याइसकेपछि नेपाली जनताले दुःख पाउँछन् भन्ने कुरा कही कतै नभएको वताए।
प्रधानमन्त्री ओलीले हामी वीर पुर्खा र विद्वान पुर्खाका सन्तान भएको हुँदा हाम्रो जीनमा नै खोज अनुसन्धान रहेको दाबी गरे ।

Comments

Top