५ बर्ष जेल पठाउन लागिएको भन्दै रवी लामिछानेले आफै गरे फैसला

aniljoshi

 काठमाडौं। पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि चितवन प्रहरीको हिरासतभित्र रहेका टेलिभिजन प्रस्तोता रवी लामिछानेले प्रहरी हिरासतभित्रबाटै फेसबुक पेजमा स्टाटस  लेखेका छन्।

 लामिछानेको पेजमा लेखिएको स्टाटस उनकी श्रीमती निकिता पौडेलले शेयर गरेकी छन्। यस्तो सुविधा संसारका कुनै पनि प्रहरी हिरासतमा नभएपनि अनुसन्धानलाई नै प्रभावित बनाउने उद्देश्यले लामिछानेले लेखेको स्टाटस श्रीमतीले शेयर गरेर घटनालाई थप उत्तेजित बनाउने प्रयास गरिएको छ।

 लामिछानेका अन्धभक्त समर्थकहरुले दिनहुजसो जुलुश र प्रदर्शन गरिरहेको बेला उक्त पोस्टले सामाजिक सन्जाललाई अझै भड्काउ र अमर्यादित बनाउने प्रस्ट देखिन्छ। अचम्म त के छ भने लामिछानेले आफु असुरक्षित रहेको भन्दै ५ बर्ष जेल पठाउन लागिएको बिश्लेशण गरेका छन् ।

 आफुलाई ५ बर्ष जेल पठाउन लागिएको दाबी गर्ने लामिछाने के न्यायाधिस भन्दा माथि छन् त ? के उनले न्यायाधिसले गर्ने फैसलाको कपी नै थाहा पाइसके त ? गम्भिर प्रकृतिको घटना भएको हुँदा प्रहरीले २४ दिन सम्म राखेर उनलाई अनुसन्धान गर्न सक्छ।

 लामिछानेले यो घटनामा आफुले प्रहरीलाई सहयोग गरेको हुँदा ५ दिनमै छुट्ने विश्वाश लिएको वताएका छन्। तर, अनुसन्धान नसकिएको हुँदा अदालतले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई हिजो अनुमति दिएको थियो। के लामिछाने अदालत भन्दा माथि छन् र उनलाई ५ दिनमै छाड्नु पर्ने हो ? उनले स्टाटसमा हिरासतमुक्त भएपछि ५ मिनेट भित्रै घटनामा आफ्नो संलग्नता छैन भनेर प्रमाणित गर्छन् रे। तर उनले आफ्नो संलग्नता छैन भन्ने कुराको प्रमाणित गर्ने काम अदालतले गर्ने हो कि उनका अन्धभक्त समर्थकहरुले हो ?

 के कानुन भन्दा माथि लामिछाने छन् ? हिरासतभित्रबाट फेसबुक पेजमा स्टाटस लेख्न भ्याउने लामिछानेले आफु असुरक्षित रहेको बताउनु भनेको अनुसन्धानलाई प्रभाबित पार्नु र  कथित दरलाग्दो अनुमान देखाएर सान्त्वना लिनु सिवाय केही नभएको एक प्रहरी अधिकारी वताउंछन्।

rabim

 

Comments

Top